२०८१ साउन १२ गते | 27th of July 2024

राष्ट्रपति भण्डारीले सिन्धुलीगढीमा नेपालकै पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको गरिन उद्घाटन

खुल्लामन्च
 प्रकाशित: २०७८ साउन १३ गते १४:२५

काठमाडौं-  राष्ट्रपति विद्यादेवी भण्डारीले सिन्धुलीगढीमा नेपालकै पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्नुभएको छ ।
बुधबार बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत सिन्धुलीगढी पुग्नुभएको राष्ट्रपति भण्डारीले सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्नुभएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिनुभयो ।

कमलामाई नगरपालिकासँगको सहकार्यमा नेपाली सेनाmे युद्ध संग्रहालय निर्माण गरेको हो । २०७६ कात्तिक २४ गते संग्रहालयको शिलान्यास गरिएको थियो । संग्रहालय छ हजार २७५ स्क्वायर फिटमा फैलिएको छ । छ करोड ५० लाख रुपियाँको लागतमा निर्माण गरिएको संग्रहालयमा वीर योद्धाको परिचय, तत्कालीन समयमा प्रयोग भएका हातहतियारलगायत राखिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *