२०८१ माघ २८ गते | 10th of February 2025

मेक्सिकोमा पहिलो एनआरएनए गठन

खुल्लामन्च
 प्रकाशित: २०७८ साउन १४ गते १३:५१

मेक्सिको – मेक्सिकोमा पनि पहिलो पटक एनआरएनए गठन भएको छ । गैर आवासीय नेपाली संघ, अमेरिकाज् क्षेत्रका क्षेत्रीय संयोजक राजन त्रिपाठीको पहलमा मेक्सिकोमा एनआरएनएको नयाँ शाखा गठन भएको हो । भर्चुअल माध्यमबाट भएको एक भेलाले मेक्सिकोमा कृष्ण बहादुर कार्कीको अध्यक्षतामा एनसिसी गठन भएको छ ।

अमेरिकाज् क्षेत्रमा अमेरिका र क्यानडामा मात्र गैर आवासीय नेपाली संघ सक्रिय रहेकोमा अब चिली, कोष्टारिकासंगै मेक्सिको पनि एनआरएनएको शाखा थपिएको छ । आईसीसी प्रतिनिधि पूर्व आईसीसी सदस्य तथा बर्तमान मानार्थ सदस्य  प्रकाश सापकोटा समेत सहभागी रहेको भर्चुवल कार्यक्रमको उद्घाटन, साधारण सभा र नयाँ कार्य समिती सर्बसम्मत चयन गरिएको थियो । उत्तर अमेरिकी मुलुक मेक्सिकोको उपाध्यक्षमा निर्मल सशी महर्जन, महासचिवमा पूर्ण लामा, कोषध्यक्षमा नारायण प्रसाद बस्याल र सदस्यहरुमा दिपा लामा, कल्पना तिवारी, फेड्रिक रनेश कार्की, बिनी श्रेष्ठ, मणी कुमार गौतम, रश्मी प्रभा बनिया कार्की र आईसीसी सदस्यमा बिनोद कुमार मुडबरी निर्विरोध चयन हुनु भएको छ ।

अमेरिकाज् क्षेत्रका क्षेत्रीय संयोजक राजन त्रिपाठीले गैरआवासीय नेपाली संघलाई नेपालीहरु बसेका यो क्षेत्रका विभिन्न मुलुकहरुमा पुर्याउने प्रयास स्वरुप मेक्सिकोमा नयां समिति बनाउन सफल भएको बताए। उनले अमेरिकाज् क्षेत्रका अरु केही देशमा पनि नेपालीहरुलाई संघमा संगठित गराउने प्रयास जारी रहेको बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *