२०८१ वैशाख २३ गते | 5th of May 2024

नेजा ग्रामीण सामुदायिक पत्रकारिता पुरस्कार पत्रकार अनु आचार्यलाई

खुल्लामन्च
 प्रकाशित: २०७८ साउन १४ गते १३:५६

अमेरिका – नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले नेपालमा प्रदान गर्दै आएको नेजा ग्रामिण सामुदायिक पत्रकारिता पुरस्कार यस पटक रसुवा जिल्लालाई कर्म क्षेत्र बनाएर पत्रकारितामा सक्रिय अनु आचार्यलाई प्रदान गरेको छ । गत आईतबार सम्पन्न नेजाको ७ औं अधिवेशन तथा १४ औं साधारण सभामा सो पुरस्कारको घोषणा गरिएको हो ।

नेपाल पत्रकार महासंघले वरिष्ठ उपाध्यक्ष रमेश विष्टको संयोजकत्वमा गठित शिफारिस समितिले सिफारिस गरेका अन्तिम ३ जना पत्रकारहरु मध्ये नेजाद्धारा गठित नेजाका पूर्व अध्यक्ष भोला आचार्य संयोजक तथा पत्रकारहरु विजय घिमिरे र प्रतिमा बास्कोटा सदस्य रहेको छनौट समितिले अनु आचार्यलाई प्रदान गर्ने निर्णय सहीत सिफारिस गरेको थियो । पुरस्कार प्राप्त गर्नुभएकि आचार्य ६ वर्षदेखि पत्रकारितामा सक्रिय रहनुभएको छ ।No description available.

सामुदायिक रेडियो, रेडियो रसुवा १०२ दशमलव १ मेगाहर्जवाट पत्रकारिता यात्रा सुरु गर्नुभएकी आचार्यले नया पत्रिका राष्ट्रिय दैनिकमा यो वर्ष नेपाल र चीन व्यापार व्यवस्थापन कब्जा गर्न चीन बस्ने नेपाली व्यवसायीले सरकारी छाप नै किर्ते गरी नक्कली समिति खडा गरेको बारे समाचार लेख्नुभएको थियो । उहाको नियमित समाचार फलोअपका कारण व्यापार कब्जा गर्ने प्रयास विफल भएको थियो ।

पुरस्कार छनौट समितिका संयोजक आचार्यले पुरस्कृत हुने पत्रकारको नाम घोषणा गर्दै सो पुरस्कार नेपालमा नेजासँगको समन्वयमा नेपाल पत्रकार महासंघले एक कार्यक्रमका बिच वितरण गर्ने वताए । सो पुरस्कार सगै २ लाख २२ हजार २ सय २२ (नेपाली रुपैया) प्रदान गरिने उनले वताएका छन् । संघले नेपाल पत्रकार महासंघ संघको सहकार्यमा हरेक २ वर्षमा नेपालका ग्रामिण जिल्लामा बसेर पत्रकारिता गर्ने उत्कृष्ट पत्रकारलाई यो पुरस्कार प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *