२०८१ साउन १२ गते | 27th of July 2024

३३ किलो सुन काण्डमा फरार रहेका एक जना पक्राउ

खुल्लामन्च
 प्रकाशित: २०७८ साउन १५ गते १५:२०

काठमाडौं – चर्चित ३३ किलो सुन काण्डमा फरार रहेका एक जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । झापाको गौरादह नगरपालिका ५ बस्ने भोजे मामा भन्ने भोजराज भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहर परिसर काठमाडौँका प्रवक्ता रमेश कुमार बस्नेतका अनुसार परिसरबाट खटिएको टोलीले भण्डारीलाई गौशालाबाट नियन्त्रणमा लिन सफल भएको हो ।

भण्डारी आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी  र चोरी निकासीको अवैध कारोबार,अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान मुद्दामा फरार रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *