२०८१ वैशाख २५ गते | 7th of May 2024

डा. केशब पौडेलसंग लस एन्जलसमा भेटघाट तथा अन्तर्कृया कार्यक्रम

खुल्लामन्च
 प्रकाशित: २०७४ साउन ५ गते २३:१०

गैर आबसीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद अमेरिकाका अध्यक्ष तथा आसन्न निर्वाचनका अध्यक्ष पदका प्रत्यासी डा. केशव पौडेल आगामी आईतवार क्यालिफोर्निया राज्यको लस एन्जलस आउनुहुने कार्यक्रम रहेको छ । आगामी कार्यकालका लागि डा. पौडेलले पुन:दिनु भएको आफ्नो उम्मेदवारी, भावी योजना र संस्थाको बृहत्तर हित सहितको कार्यदिशाका बारेमा लस एन्जलसबासी आम नेपालीहरू र सामाजिक अभियन्ताहरू संग भेटघाट तथा छलफल गर्नुहुने कार्यक्रम निम्न मिति, समय र स्थानमा आयोजना गरिएको हुँदा यहॉंहरूको गरिमामय उपस्थितिका लागि साउर्दन क्यालिफोर्नियामा बसोबास गर्नुहुने नेपाली समुदायका अगुवाहरु, संघ संस्थामा संलग्न व्यक्तित्वहरु,पत्रकार मित्रहरू लगायत आमाबुवा, दाजुभाई तथा दिदी बहिनीहरुमा सादर अनुरोध गर्दछौं।

मिति: २३ जुलाई २०१७
समय: बेलुकी ७:३० बजे
स्थान: तारा हिमालय कुजिन
१७२२१ पायोनियर बुल्बर्ड
आर्टिसिया क्यालिफोर्निया- ९०७०१

आयोजकका तर्फबाट
साउर्दन क्यालिफोर्नियाबासी नेपालीहरू,

नोट: उक्त बेलुकीको खानाको प्रबन्ध आयोजक साथीहरूले गर्नुभएको समेत निवेदन गरिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *