२०८१ साउन १२ गते | 27th of July 2024

दार्चुला घटनाबारे छानबिन गर्न पाँच सदस्यीय समिति गठन

खुल्लामन्च
 प्रकाशित: २०७८ साउन १७ गते १५:४४

काठमाडाैं – सरकारले दार्चुलाका जयसिंह धामी तुइनबाट महाकाली तर्ने क्रममा भारतीय सीमा सुरक्षाबलका जवानले तुइन काटेको भनिएको घटनाबारे छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरेको छ ।

गृह मन्त्रीस्तरीय निर्णय अनुसार घटनाको स्थलगतरूपमा छानबिन गरी सत्यतथ्यसहित १० दिनभित्र प्रतिवेदन पेश गर्न गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो ।  छानबिन समितिमा नेपाल प्रहरीका नायब महानिरीक्षक पूरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र जिल्ला प्रशासन कार्यालय दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट सदस्य रहेका छन् । शुक्रबार बिहान महाकाली नदी तर्ने क्रममा ‘भारतीय सीमा सुरक्षाबलले तुइन काटिदिएपछि’ दार्चुलाको व्यास गाउँपालिका–२ का ३५ वर्षीय जयसिंह धामी बेपत्ता भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *