२०८१ माघ ३ गते | 16th of January 2025

कुलमानलाई बिधुत प्रधिकरणमा ल्याउन प्रधानमन्त्री देउवाले दिए ठाडो निर्देशन

खुल्लामन्च
 प्रकाशित: २०७८ साउन १९ गते १३:४३

काठमाडौं – प्रधानमन्त्री शेरबहादु्र देउवाले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री देउवाले आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाललाई  यस्तो निर्देशन दिएका हुन् । प्रधानमन्त्रीको सचिवालयले भनेको छ, “प्रधानमन्त्री शेरबहादुर देउवाले विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्न आज ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाललाई निर्देशन दिनुभएको छ ।”

पूर्वकार्यकारी निर्देशक घिसिङलाई केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले उक्त पदमा दोहोर्‍याउन अस्वीकार गरी हितेन्द्रदेव शाक्यलाई कामु तोकेको थियो । उनलाई नै पछि ओली सरकारले कार्यकारी निर्देशकको जिम्मेवारी दिएको थियो । शाक्यसँग  राजीनमा माग गरी घिसिङलाई नियुक्ति दिने तयारी गरिएको हो । घिसिङको नियुक्तिपछि विद्युत् प्राधिकरण नाफामा जाने अपेक्षा गरेको बालुवाटार स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *