काठमाडौं – सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोग विघटन गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अघिल्लो सरकारले गठन गरेको भूमि सम्बन्धी समस्या समाधान आयोग विघटन गरेको हो ।
यस्तै मन्त्रिपरिषद् बैठकले आचरण विपरीत काम गरेको भन्दै नेपाल रेल्वे विभागका महाप्रबन्धक गुरुप्रसाद भट्टराईलाई स्पष्टीकरण सोधेको छ । मन्त्रिपरिषद् बैठकका निर्णय जानकारी गराउँदै सरकारका प्रवक्ता ज्ञानेन्दबहादुर कार्कीले भने, “नेपाल रेल्वे विभागका महाप्रवन्धक गुरुप्रसाद भट्टराईले आचरण विपरीत काम गरेकाले स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।”