२०८१ साउन १२ गते | 27th of July 2024

स्वास्थ्यजन्य फोहोर व्यवस्थापन प्रणाली सुधार गर्न चीन र यूएनडिपीको सहकार्यमा कार्यक्रम सूरु

खुल्लामन्च
 प्रकाशित: २०७८ साउन २३ गते १२:२०

काठमाडौँ – चीन सरकार र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडिपी)ले संयुक्तरूपमा नेपालमा कोभिड–१९ को प्रतिकार्यमा स्वास्थ्यजन्य फोहोर व्यवस्थापन प्रणाली सुधार गर्न चीनको दक्षिण–दक्षिण सहयोग सहायता कोषअन्र्तगत नयाँ कार्यक्रम सुुरु गरेको छ ।स्वास्थ्य सेवा विभागसँगको समन्वयमा यूएनडिपीले कोशी अस्पताल, विराटनगर, नारायणी अस्पताल, वीरगञ्ज, जनकपुर अस्पताल, जनकपुरधाम, वीरेन्द्र सैनिक अस्पताल, छाउनी, राप्ती प्रादेशिक अस्पताल, तुलसीपुर र भेरी अस्पताल, नेपालगञ्जसँग मिलेर काम गर्नेछ । उक्त कार्यक्रमले अटोक्लेभलगायत उपकरण जडानका साथै अस्पतालको फोहोर व्यवस्थापन प्रणालीको स्तरवृद्धि, फोहोर व्यवस्थापन क्षेत्र स्थापना तथा त्यसको उचित प्रयोगसँगै स्वास्थ्यजन्य फोहोर व्यवस्थापनका सम्बन्धमा स्वास्थ्यकर्मीलाई प्रशिक्षण दिने यहाँस्थित युएनडिपीको कार्यालयले जनाएको छ ।

कार्यक्रमअन्तर्गत ३५० स्वास्थ्यकर्मीको प्राविधिक क्षमता बढाउन तथा स्थानीय सरकारका १०० अधिकारीलाई स्वास्थ्य आपत्कालको उचित व्यवस्थापन प्रशिक्षण दिइनेछ । स्वास्थ्यजन्य फोहोर व्यवस्थापनमा नागरिककोे चेतना बढाउन सहरी तथा ग्रामीण नगरपालिकाबाट ३०० युवा स्वयंसेवक परिचालन गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *