२०८३ साउन ३१ गते | 16th of August 2026

जापानबाट कोरोनाविरूद्धको पाँच लाख डोज खोप काठमाडौं आईपुग्यो

खुल्लामन्च
 प्रकाशित: २०७८ साउन २३ गते १२:३५

काठमाडौं – जापानबाट कोरोनाविरूद्धको पाँच लाख डोज खोप काठमाडौं आइपुगेको छ। जापानबाट १६ कोभिड शिल्ड आउनेमध्ये शनिबार बिहान पाँच लाख डोज खोप आइपुगेको स्वास्थ्य सचिव डा. रोशन पोखरेलले बताए।उनका अनुसार आइतबार तीन लाख डोज खोप आउने छ। एक हप्तापछि अरू आउने सचिव पोखरेलले बताए।‘पहिलो चरणमा आउने खोप आज  बिहान आइसकेको छ,’ पोखरेलले सेतोपाटीसँग भने।

उनका अनुसार आइतबारबाट ६५ वर्षमाथिका नागरिकलाई यो खोप दिइने छ। पहिलो चरणमा खोप लगाएर बसेका नागरिकलाई अहिले आएको दोस्रो डोज खोप दिइने पोखरेलले बताए। शुक्रबार दुई लाख डोज खोप जापानबाट आएको थियो। ‘त्यो समेत गरेर सबै प्रदेशमा आइतबारदेखि खोप लगाउन सुरू गरिने छ,’ पोखरेलले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *