२०८१ माघ ५ गते | 18th of January 2025

सरकारको न्युनतम साझा कार्यक्रम सार्वजनिक , स्वास्थ्य सामग्री खरिद अनियमितताबारे छानबिन गरी कारबाही गरिने

खुल्लामन्च
 प्रकाशित: २०७८ साउन २४ गते १३:५८

काठमाडौं – गठबन्धनका तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारको न्युनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ। सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवा, गठबन्धनबाट शीर्ष नेताहरू नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपा अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादव तथा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संयुक्त रूपमा साझा कार्यक्रम सार्वजनिक गरेका हुन्।

उक्त कार्यक्रम कार्यदल संयोजक रहेका नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले बाचन गरेर सुनाएका थिए। खड्का नेतृत्वमा कांग्रेसका २, माओवादीका २ र जसपाका २ गरी सात सदस्यीय कार्यदलले सरकारका न्युनतम साझा कार्यक्रम बनाएका थिए। सरकारको प्राथमिकतामा कोरोनाविरूद्ध चैतभित्र सबै नेपालीलाई नि:शुल्क रूपमा खोप दिने उल्लेख छ। यस्तै केपी शर्मा ओली नेतृत्वको सरकारमा भएका स्वास्थ्य सामग्री खरिद अनियमितताबारे छानबिन गरी कारबाही गरिने कार्यक्रम पनि समावेश छ।

लाल आयोगको प्रतिवेदन पनि सार्वजनिक गर्ने सरकारको घोषणा छ।

One thought on “सरकारको न्युनतम साझा कार्यक्रम सार्वजनिक , स्वास्थ्य सामग्री खरिद अनियमितताबारे छानबिन गरी कारबाही गरिने

Leave a Reply

Your email address will not be published. Required fields are marked *