२०८१ साउन १२ गते | 27th of July 2024

टोकियो ओलम्पिक २०२० समापन

खुल्लामन्च
 प्रकाशित: २०७८ साउन २४ गते १४:१५

काठमाडौं – टोकियो ओलम्पिक २०२० का प्रतिस्पर्धा सकिएका छन्। जापानको राजधानी टोकियोमा १९ दिन चलेको प्रतिस्पर्धामा २०५ देशले भाग लिएका थिए। ११ हजार ९० खेलाडीले ३३ खेलका ३३९ इभेन्टमा प्रतिस्पर्धा गरे।

यस पटकको ओलम्पिकमा नेपालका पाँच खेलाडीले भाग लिएका थिए। पाँचमध्ये तीन खेलाडीले राष्ट्रिय कीर्तिमान सुधार गर्नु नै नेपालको उपालब्धि रह्यो कोरोनाभाइरस महामारीबीच भएको प्रतिस्पर्धामा दर्शकलाई प्रवेश निधेष गरिएको थियो।  टोकियो ओलम्पिकको ताजा पदक तालिकामा संयुक्त राज्य अमेरिकाले अग्रता कायम गरेको छ।

अमेरिका ३९ स्वर्ण पदक सहित पहिलो स्थानमा छ। चीनले ३८ वटा स्वर्ण पदक जितेको छ। पदक तालिकाको तेस्रो स्थानमा आयोजक जापान र चौथो स्थानमा ब्रिटेन रहेका छन्। छिमेकी भारतले एक स्वर्ण, दुई रजत र चार कास्य पदक जितेको छ। टोकियो ओलम्पिक   गत जुलाई २३ बाट सुरु भएको थियो।  टोकियो ओलम्पिक अन्तर्गत जापानका ४२ खेल स्थलमा ३३ खेलका ३३९ प्रतिस्पर्धा तय भएका थिए।    टोकियो ओलम्पिक मा सहभागी कुन टोलीले कति पदक जिते र कुन स्थानमा रहेका छन् भन्ने जानकारी दिने यो पाना स्वत: अद्यावधिक हुनेछ। टोकियो ओलम्पिकमा बर्मुडा, कतार र फिलिपिन्सले पहिलो पटक ओलम्पिकमा स्वर्ण जित्ने इतिहास बनाए। यस्तै बुर्किना फासो,  सान मारियो र तुर्केमिनिस्तानले ओलम्पिकमा पहिलो पटक पदक जित्न सफल भए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *