२०८१ साउन १२ गते | 27th of July 2024

नेपालमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १० हजार नाघयो

खुल्लामन्च
 प्रकाशित: २०७८ साउन २४ गते १४:२५

    काठमाडौं – नेपालमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १० हजार नाघेको छ । आईतबार सम्म  मृतकको सङ्ख्या १०,०९३  पुगेको छ ।   गत २४ घण्टामा थप २,५४८ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र ५५ जनाको कोभिड-१९ का कारणले मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

यससँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या सात लाख ८३ हजार नाघेको छ भने मृतकको सङ्ख्या १०,०९३ पुगेको छ। आइतवार अपराह्ण सार्वजनिक तथ्याङ्कअनुसार १२,३७८ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो। तीमध्ये ३,३४५ जनाको परीक्षण एन्टिजन विधिबाट र अरूको पीसीआर विधिबाट गरिएको हो। अहिले कुल परीक्षणको २०.५८ प्रतिशतमा सङ्क्रमण देखिएको मन्त्रायलको तथ्याङ्कले देखाउँछ। मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा २,०२९ जना सङ्क्रमणमुक्त भएका छन्।

नेपालमा कोभिडका कारण १.५ प्रतिशत सङ्क्रमितको मृत्यु भएको छ।सङ्क्रमितमध्ये ३१,९३६ जना घरमा तथा ३,५२२ जना संस्थागत आइसोलेशनमा छन्।अहिले ८०२ जना देशभरिका विभिन्न अस्पतालका आईसीयूमा र १८१ जना भेन्टिलेटरमा छन्।

One thought on “नेपालमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १० हजार नाघयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *