२०८१ वैशाख १५ गते | 27th of April 2024

राप्रपा अध्यक्ष कमल थापालाई संकट, केन्द्रीय सदस्यले मागे चार करोड रमक फिर्ता

खुल्लामन्च
 प्रकाशित: २०७४ साउन ६ गते १६:१०

 

काठमाडौं ६ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई पार्टीभित्र कै एक सदस्यले आर्थिक हिसाव किताव मागेका छन । पार्टीका केन्द्रीय सदस्यसमेत रहेका दिलविकास राजभण्डारीले आफूले दिएको नगद र पार्टी कार्यालय बनाउँदाको खर्चवापतको चार करोड पाँच लाख रुपैयाँ उपलब्ध गराउन अध्यक्ष थापासंग माग गरेका छन्। राजधानीमा बसेको पार्टी केन्द्रीय सदस्यको पूर्ण बैठकमा केन्द्रीय सदस्य राजभण्डारीले मौखिक र लिखित रूपमा आफ्नो सापटी रकम उपलब्ध गराउन पार्टी अध्यक्ष र केन्द्रीय समिति समक्ष माग गरेका हुन्।

राजभण्डारीले पार्टी भवन निर्माण गर्नका लागि भनेर १२ आना जग्गा दिएको र सो जग्गामा छ हजार पाँच सय वर्गफिटको भवन निर्माणको लागि दुई करोड ५९ लाख रुपैयाँ खर्च भएको जनाएका छन्। उनले कार्यालयका विभिन्न कोठा आल्मुनियम पार्टेसन गर्न भनी २३ लाख रुपैयाँ खर्च गरेको बताए। उनले हालसम्म पार्टीबाट ३० लाख रुपैयाँ मात्र भुक्तानी पाएको भन्दै उक्त रकम आफूले महालक्ष्मी फाइनान्स पुतलीसडकबाट ऋण लिएर खर्च गरेको दाबी गरेका छन्। सो ऋणको साँवा र व्याजसमेत आफूले तिर्दै आएको राजभण्डारीले बताएका छन ।

केन्द्रीय सदस्य राजभण्डारीले २०७० सालको संविधानसभा निर्वाचनमा पार्टीले पुरुषोत्तम शाहीबाट ५० लाख रुपैयाँ, कमला शर्मासँग २३ लाख रुपैयाँ र आफ्नै ८० लाख रुपैयाँ गरी एक करोड ५३ लाख रुपैयाँ लिएको र हालसम्म फिर्ता नभएको गुनासो गरेका छन्। आफ्नो सो रकम अविलम्ब फिर्ता गर्न माग गर्दै केन्द्रीय सदस्य राजभण्डारीले पार्टीलाई २०औँ लाख चन्दा सहयोग दिएको, पार्टी संगठनका लागि खर्च दिएको, पार्टीलाई माथि पुर्‍याउनको लागि लाखौँ रुपैयाँ अनुदान दिएको र पार्टी संगठनका निम्ति ५०औँ लाख बराबरको गाडी किनेर दिएको दाबी गरेका छन्। केन्द्रीय सदस्यहरूको पूर्ण बैठकमा राजभण्डारीले बिहीबार अध्यक्ष कमल थापा, वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, वरिष्ठ नेता तथा पूर्व अध्यक्ष पशुपतिशमशेर राणालाई निवेदनमार्फत् आफू अन्यायमा परेको भन्दै आफूलाई रकम उपलब्ध गराउन माग गरेका हुन्। राजभण्डारीले संविधानसभा निर्वाचनमा पार्टी अध्यक्ष थापालाई दिएको नगद रकम र घर बनाउँदाको खर्च माग गर्दा पार्टीबाट निकालिएका थिए। राप्रपा समानान्तर गठन गरी राप्रपासँग पार्टी एकीकरण गरेका राजभण्डारीले राप्रपा र राप्रपा नेपालसँगको एकीकरणपछि पुनस् थापासँग सो रकम माग गर्न पुगेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *