२०८१ साउन ११ गते | 26th of July 2024

कुलमानले गरे पदबाहाली , सरकारले दिएको जिम्मेवारीलाई पूर्ण रूपमा आत्मसाथ गरेर काम गर्ने प्रतिबद्धता

खुल्लामन्च
 प्रकाशित: २०७८ साउन २७ गते १४:३०

काठमाडौं –  नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चुनौतीलाई स्वीकार गर्दै सरकारले दिएको जिम्मेवारीलाई पूर्ण रूपमा आत्मसाथ गरेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।   अघिल्लो कार्यकालमा लोडसेडिङको अन्त्य, घाटाका गएको संस्थालाई नाफामा लगेर नयाँ अध्याय शुरु गरेको तथ्य पेश गर्दै घिसिङले भने, “यस पटक त्यतिबेलाको भन्दा ठूला र विशाल चुनौती छन् । त्यसलाई स्वीकार गरेर आएको छु । मेरो एक्लो प्रयासले मात्रै केही हुँदैन । हामी सबै मिलेर काम गराैँ । देश, जनता र राष्ट्रका अपेक्षा पूरा गर्न सकिन्छ ।” आफूले प्राधिकरण छाडेर गएपछि सुरु भएका सकारात्मक कामलाई अगाडि बढाउने र गलत काम भएका छन् भने त्यसलाई सुधार गरेर अगाडि बढ्ने उनले बताए । अघिल्लोपटक भन्दा यसपटक जनताको अपेक्षा बढेको, ऊर्जाको क्षेत्रमा धेरै नयाँ काम गर्नुपर्ने दायित्व थपिएको भन्दै कार्यकारी निर्देशक घिसिङले भन, “मेरो व्यक्तिगत जीवनकै लागि यो सबैभन्दा ठूलो चुनौती हो । नयाँ जोशका साथ काम गराैँ, काँधमा काँध मिलाएर अगाडि बढाैँ, विगतका भन्दा ठूला सफलता पाउन सकिन्छ ।”

आम जनताको चाहना, प्राधिकरणको आवश्यकता र सरकारको योजनाका कारण आफूले प्राधिकरणमा दोस्रो पटक जिम्मेवारी पाएको भन्दै उनले यसकार्यमा सहयोग गर्ने सबैलाई धन्यवाद दिए । तत्कालीन नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) को गठबन्धन सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले २०७३ भदौ ३० गते घिसिङलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । चार वर्षे कार्यकाल पूरा गरेर २०७७ भदौ २८ गते उहाँले अवकाश पाएका थिए । रासस

2 thoughts on “कुलमानले गरे पदबाहाली , सरकारले दिएको जिम्मेवारीलाई पूर्ण रूपमा आत्मसाथ गरेर काम गर्ने प्रतिबद्धता

Leave a Reply

Your email address will not be published. Required fields are marked *