काठमाडौं – सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि)अन्तर्गतका परीक्षामा सहभागी हुने विद्यार्थीहरुलाई कोभिड–१९ विरुद्धको खोप दिने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चारवटा केन्द्र तोकेर परीक्षार्थीलाई खोप दिने भएको हो । राधास्वामी केन्द्र वसुन्धारा, सशस्त्र प्रहरी अस्पताल बलम्बु, वीरेन्द्र सैनिक अस्पताल छाउनी र नेपाल प्रहरी अस्पताल पानीपोखरीबाट खोप दिन लागिएको मन्त्रालयले जनाएको छ ।