२०८१ साउन ११ गते | 26th of July 2024

मुख्यमन्त्री शंकर पोखरेलले भने – प्रदेशको राजधानी बनाउने सोच अधुरै रहयो

खुल्लामन्च
 प्रकाशित: २०७८ साउन २७ गते १४:४२

काठमाडौँ –  मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशको स्थायी राजधानी तोकेर भौतिक पूर्वाधार निर्माणको लागि गुरुयोजना निर्माण थाले पनि राजधानी सार्न नसकेको बताएका छन् । मुख्यमन्त्री पदबाट राजीनामा दिएपछिको पत्रकार सम्मेलनमा पोखरेलले लुम्बिनी प्रदेशको राजधानी बनाउने आफ्नो सोच अधुरै रहेको बताएका हुन्।

‘प्रदेशको साझा मनोविज्ञा स्थापित गर्ने र गर्व गर्न लायक राजधानी बनाउने योजना अधुरै रह्यो’ उनले भने । उनले अगाडि सारिएका योजना पूरा गर्न नयाँ बन्ने सरकारलाई सघाउन आग्रह गरे । पोखरेलले आफ्नो कार्यकालमा सरकारले सडक पूर्वाधार, खानेपानी, शैक्षिक क्षेत्रमा उल्लेख्य सफलता हासिल गरेको पनि बताए ।  प्रदेश सभाको विशेष अधिवेशनमा अविश्वास प्रस्ताव पेस हुनुअघि नै पोखरेलले प्रदेशप्रमुख अमिक शेरचनलाई राजीनामा पत्र बुझाएका थिए । पदबाट राजीनामा दिएपछि पोखरेलले नयाँ सरकारलाई सहयोग गर्ने प्रतिबद्धता जनाए । मुख्यमन्त्री कार्यालयमा भएको पत्रकार सम्मेलनमा पोखरेलले नयाँ नेतृत्वलाई सहयोग गर्न मुख्यमन्त्री कार्यालयका कर्मचारीलाई आग्रह पनि गरे ।   संविधानको धारा १६८ को १ बमोजिम एमालेको एकल बहुमतका आधारमा मुख्यमन्त्री बनेका पोखरेलले संविधानको धारा १६८ को २ बमोजिम सरकार गठनका लागि मार्ग प्रशस्त गर्न भन्दै राजीनामा दिएका हुन् ।

यसअघि सरकार अल्मतमा रहेको भन्दै विपक्षी गठबन्धनले मुख्यमन्त्रीविरुद्ध साउन १९ गते अविश्वास प्रस्ताव दर्ता गराएको थियो । विपक्षी दलका ३४ प्रदेशसभा सदस्यको समावेदनअनुसार प्रदेशप्रमुख शेरचनले बुधबार आह्वान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *