२०८१ साउन १२ गते | 27th of July 2024

लुम्बिनीमा २२ घन्टाको समय दिएर नयाँ सरकार गठनका लागि आह्वान

खुल्लामन्च
 प्रकाशित: २०७८ साउन २७ गते १५:१३

काठमाडौं – मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा गरेपछि लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले २२ घन्टाको समय दिएर नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् । प्रदेश प्रमुख शेरचनले बुधबार ५ बजे सूचना  जारी गर्दै बिहीबार ३ बजेभित्र सरकार गठनका लागि दललाई आह्वान गरेका हुन् ।

संविधानको धारा १६९ को उपधारा १ को खण्ड ‘क’ बमोजिम मुख्यमन्त्री पोखरेलले साउन २७ गते राजीनामा दिएकाले प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमतको सरकार गठन गर्न आह्वान गरेका हुन् ।  यससँगै विपक्षी गठबन्धनले नयाँ सरकार गठनको पहल थाल्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *