२०८१ वैशाख २१ गते | 3rd of May 2024

निर्धारित कार्यतालिकामा महाधिवेशन नहुने भएपछि कांग्रेसमा नयाँ कार्यतालिका बनाउन प्रयास

खुल्लामन्च
 प्रकाशित: २०७८ साउन २८ गते १५:०२

काठमाडौँ – नेपाली कांग्रेसले निर्वाचन समितिले पेस गरेको निर्वाचन निर्देशिका छलफल भएपछिमात्रै महाधिवशेनको नयाँ कार्यतालिका ल्याउने भएको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बिहीबार बसेको कांग्रेस केन्द्रीय समितिको बैठकमा शीर्ष तहमा सहमति नजुटेपछि महाधिवेशन कार्यतालिका पेस हुन नसकेको हो । महामन्त्री पूर्णबहादुर खड्काले पेस गरेको प्रस्तावमा केन्द्रीय सदस्यहरूको सुझाव र निर्णयबाट कार्यतालिका बनाउने कांग्रेसले जनाएको छ । बैठकमा  निर्वाचन समितिले बनाएको निर्देशिका महामन्त्री पुर्णबहादुर खड्काले पेस गरेका छन् ।

त्यस्तै  समायोजन समितिको प्रतिवेदन उपसभापति विमलेन्द्र निधिले पेस गरेका छन् । क्रियाशिल छानबिन समितिको प्रतिवेदन छानबिन समितिका संयोजक रमेश लेखकले पेस गरेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । शर्माले केन्द्रीय सदस्यहरूको सुझावपछि महाधिवेशनको कार्यतालिका आउने बताए । यसअघि तय भएको भदौ १६-१९ सम्म निर्धारित कार्यतालिकामा महाधिवेशन नहुने भएपछि कांग्रेसमा नयाँ कार्यतालिका बनाउन छलफलमा जुटेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *