२०८१ वैशाख २६ गते | 8th of May 2024

अविश्वासको प्रस्ताव खेपेको निर्वाचन समितिबाट एनआरएनए अमेरिकाको डिलिगेट्समा मनोमानी प्रपन्च

खुल्लामन्च
 प्रकाशित: २०७८ साउन २८ गते १८:३४

न्यूयोर्क – निर्वाचन समितीको काम निर्वाचन सकिएपछी समप्त हुन्छ । एनआरएनए अमेरिकाको निर्वाचन सम्पन्न गर्न साधारण सभाले तोकेका निर्वाचन आयुक्त विश्व बरालको संयोजकत्वमा निर्मित निर्वाचन समितिले एनआरएनए अमेरिकाको निर्वाचन मार्फत नयाँं आईसकेको कार्यसमितिको सपथ पछी पनि आफ्नो दबदबा प्रस्तुत गरेको आरोप छ ।

चाखलाग्दो कुरो त के छ भने, एनआरएनए अमेरिकाको निर्वाचन समाप्ती पछी अमेरिकाको राष्ट्रपती बिदामा बसेको जस्तो गरेर बरालले अर्का निर्वाचन आयुक्त बासु फुलारालाई कार्यवाहक आयुक्त बनाए । तर आफु न्युयोर्कमा सम्पन्न सपथ कार्यक्रममा भने उपस्थित भए । आफ्नो काम सकेर थपक्क नबसेका बराल एनआरएनए अमेरिका भर्जिनिया च्याप्टरको सपथ कार्यक्रमा फुलारालाई लिएर पुगे । त्यसै बखत भर्जिनियामा सम्पन्न नेजाको अधिवेशनमा आफ्नो समाचार छाप्नेलाई जिताउन आयोजना होटेलमै बराल उपस्थित थिए ।

मन लागेको बेलामा कार्यबाहक नहुने उनै बरालले हिजो भोली मिती अगस्ट १३ तारिख एनआरएनए अमेरिकाको तर्फबाट आईसिसीको आगामी अधिवेशनको लागि छानिने डेलिगेट्स निर्वाचनको सुचना जारे गरेका छन । मिडियालाई पहिले आएको निर्वाचनको त्यो खबर साधारण सदस्यहर्लाई भने निकै बेरपछी ईमेल गरिएको थियो ।

१९ जना ब्यक्तिको नाम राखेर १८ जनाको निर्वाचन हुने भनी प्रेषित सुचना संस्थागत हो वा आफ्नाहरुलाई खुशी बनाउने कपट हो भन्ने बिषय अहिले बजारभरी छरपस्ट छन । डेलिगेट्सको लागि ४७ जनाको निर्वाचन गर्न आईसिसीले दिएको निर्देशनको विपरित बरालद्दारा हस्ताक्षरित वक्तब्यमा केवल १८ जनाको निर्वाचन हुने बताईएको छ ।

सर्वशक्तिमान साधारण सभामा साधारण सभाले नै बनाएको निर्वाचन आयुक्त र न्यूयोर्कको साधारण सभामै अविश्वासको प्रस्ताव झेलेका बरालका कदमहरु कती वैधानिक छन, त्यो अब आईसिसीले दिने वा नदिने मन्यतामा निर्भर गर्दछ । न्यूयोर्कको साधारण सभामा निवर्तमान अध्यक्ष सुनिल साहले बराल बिरुद्ध अविश्वासको प्रस्तव दर्ता भएको सुचना पढेपछी हुलदंगा भएको घटना एनआरएनएको ईतिहासमा नराम्रो कलंकको रुपमा स्थापित भएको छ ।
अमेरिकाबाट ६५ प्रतिशत पुरानो कार्यसमितिले छनौट गर्नु पर्ने संख्यामा बाहेक अन्य ३५ प्रतिसत मध्ये १० प्रतिशत निर्वाचित कार्यसमितिले छान्ने र बांकी २५ प्रतिशतले हुने ४७ जनाको निर्वाचनबारे चलखेल भएको हो । खास गरी डेलिगेट्को २५ प्रतिशत संख्या २०,००० सदस्यमध्येबाट चुनावबाट छानिनु पर्नेमा बिगठित भैसकेको अबिस्वासको मत दायर भैसकेको निर्वाचन समितिले अगस्ट ११ मा सूचना जारी गर्दै अगस्ट १३ मा चुनाव हुँदैछ भनेर सूचना सार्वजानिक गरेको छ ।

डेलिगेट छनौटको लागि उम्मेद्वारीको लागि कहिले आह्वान गरियो, कति जना, कति प्रतिशत , कस्ले , कहिले गर्ने भन्ने कुरा एन सी सी भित्र केही छल्फल नै भएको छैन । एनआरएनए अमेरिकाका उपाध्यक्ष विकास उप्रेतीले डिसी नेपालसंग भने, ‘यसको बारेमा कुनै छलफल भएको छैन ।’ निर्वाचन समितिका एक सदस्यका अनुसार, २५ प्रतिशतमा पनि जम्मा १८ जनाका लागिमात्र चुनाव गर्ने गरी प्रक्रिया अघि बढाइएको छ र त्यो पनि सर्वसाधारणलाई उम्मेद्वार हुन पाउने सूचनासमेत दिइएको छैन ।

स्मरणीय छ, एनआरएनए महासचिव हेमराज शर्माको पत्रमा २५ प्रतिशत डेलिगेटको निर्वाचन गराउन भनिएको छ । यसमा २९ जना च्याप्टर अध्यक्षलाई विनानिर्वाचन छान्न र बांकी १८ जनाको मात्र निर्वाचन गराउन भनिएको छैन । पत्रमा ४७ जनाको निर्वाचन पंजिकृत सदस्यहरुबाट प्रत्यक्ष निर्वाचन गरी पठाउन भनिएको छ । पत्रमा अन्य प्रक्रियाबाट छनौट भएका प्रतिनिधिहरु मान्य नहुने पनि उल्लेख गरिएको छ ।

यो लफडाले लाग्दछ, अब डा. राजन पन्तको संयोजकत्वमा बनेको समिती अब कृयाशिल हुनेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *