लस एन्जलस – एनआरएनए अमेरिकाको निर्वाचनको लागि साधारण सभाले निर्माण गर्ने निर्वाचन समितिको नजिर अनुसार भर्खरै सम्पन्न निर्वाचनका लागि संयोजक बनेका विश्व बराल निर्वाचनको परिणाम आएपछी केही दिन बिदामा बसे । मानौं, संयुक्त राष्ट्र संघको शान्ती अभियानमा दुत बनेर भर्खरै उनी ईराकबाट फर्केका छन, थाकेर । संसारमा बिरलै देखिने उदाहरण स्वरुप आफु लुकेर अर्का निर्वाचन आयुक्त बासु फुलारालाई कार्यवाहक प्रमुख आयुक्त दिएर उनी केही दिनका लागि थन्किए ।
फुलाराले राजनीति बुझेनन । बराल चाहन्थे, उनका मालिकहरुको आदेशानुसार अमेरिकाबाट आईसिसीको डेलिगेट्स छान्ने विवादमा राम्रै ब्यापार गरेर स्थापित भएका फुलारा फसुन । भयो त्यही । कानुनमा नेपाल टपेका फुलाराले एनआरएनए अमेरिका र आईसिसीको बिधानमै नभएको ब्यवस्था गरेर डेलिगेट्सको फाराम भर्न आव्हान गरे ।
सबैतिर विवाद भयो, फुलाराको कदम । उनलाई राम्रो ब्यापार दिने अमेरिकी नेपालीहरु पनि चिढिए, उनीसंग । ‘मिस्टर फुलारा’ भनेर सम्बोधन गरिनुपर्ने अधिकारिक पत्रका बाबजुद ‘मिस्टर बासु, यो ठीक भएन’ भन्ने हेपिएको पत्र हात पारे, आफ्नै कदमको खिलाफमा फुलाराले ।
उनको कदम ठीक नभएको भन्दै आईसिसीले डेलिगेट्स निर्वाचन स्थगित गर्यो । मिसनबाट थाकेर आएका बिदामा बसेका प्रमुख आयुक्त बराल अब जागे । भर्जिनिया पुगे, अरु राज्य पुगे । नेजा निर्वाचनमा पुगे । लाग्थ्यो, नेजाको निर्वाचनको आयुक्त पनि उनै हुन ।
यसै रवैयाका वावजुद आईसिसीले डेलिगेट्स निर्वाचन स्थगित गरेपछी सम्मुखमा रहेको आईसिसी महाधिवेशनका लागि डेलिगेट्स छान्न निवर्तमान अध्यक्ष सुनिल साहले डा. राजन पन्तको अध्यक्षतामा शंकर खड्का र बिकास उप्रेती रहेको तीन सदस्यीय समिती बनायो ।
हिजो अचानक बरालद्दारा हस्ताक्षरित डेलिगेट्स निर्वाचनको सुचना पछी तातेको बजार हल्लासंगै न्यूयोर्कको साधारण सभामा अविश्वासको प्रस्ताव दर्ता भएको बराल आयोगलाई चुनौती दिंदै निवर्तमान अध्यक्ष साहको कार्यसमितिले बनाएको डा. राजन पन्त संयोजक रहेको डेलिगेट्स छनौट समितिले भोली अर्थात अगष्ट १३ तारिख मध्यान्ह १२ बजेसम्म डेलिगेट्सको लागि फाराम भर्न एनआरएनए अमेरिकाका साधारण सदस्यहरुलाई आव्हान गरेको छ ।
एनआरएनए आईसिसीको बिधानानुसार २५ प्रतिशत अर्थात ४७ जना निर्वाचन गर्नको लागि डा. पन्तको समितिले सबैमा सहभागीताको लागि अनुरोध गरेको छ ।
लाग्दछ, डेलिगेट्स विवाद यो चोटी पनि विगत दुई बर्ष अगाडी भएजस्तै हुनेछ ।
हेर्नुस् फाराम