अमेरिका – सदैव विवादित रहने एनआरएनए अमेरिकाको डेलिगेट्स विवाद यसपटक पनि चुलिएको छ । एनआरएनए अमेरिकाको निर्वाचन समितिले ‘एकतर्फी रुपमा भनिएको’ हिजोको निर्वाचनमा जम्मा हजार जना मतदाताहरुले सहभागीता जनाएका छन । नवनिर्वाचित अध्यक्ष बुद्धी सुवेदीको कार्यसमितिमा ‘डेलिगेट्स बिषयमा’ विवाद हुंदाहुंदै छोटो सुचनाको वावजुद हतारमा निर्वाचन सम्पन भएको छ भने ‘निर्वाचित डेलिगेट्सहरु’ सबै सुवेदी पक्षधर मात्र रहेका छन ।
यता, कार्यवाहक भनिएका तत्कालिन निर्वाचन आयुक्त बासु फुलाराले अघि सरेका डेलिगेट्स निर्वाचन प्रकृया एनआरएनए आईसिसीले रोकिदिएपछी निवर्तमान अध्यक्ष सुनील साहले ‘डेलिगेट्स छनौटका लागि’ बनाएका समितिले पनि असन्तुष्ट पक्ष र बैधानिकताको प्रश्न उठाउंदै आगामी औं महाधिवेशनका लागि डेलिगेट्स निर्वाचन भोलीका लागि तय गरेको छ । डा. पन्तको समितिले गर्न लागेको निर्वाचनमा अमेरिकाभरबाट १४९ सदस्यले निर्वाचनका लागि उम्मेद्वारी दर्ता गराएका छन ।
एनआरएनए अमेरिका सदस्यता छानबिन समितिका संयोजक डा. राजन पन्तको संयोजकत्वमा शंकर खड्का र बिकास उप्रेती सम्मिलित समितिले आईसिसीको बिधाननुसार डेलिगेट्स निर्वाचन गर्न लागिएको बताएको छ । समितिका सदस्य शंकर खड्काका अनुसार संघको विधान अनुरुप २५ प्रतिशत प्रतिनिधीको चयन गर्न १५ तारिख बिहान निर्वाचन तोकिएको छ ।
संघको आगामी अक्टोवरमा हुने निर्वाचनमा एनआरएनए अमेरिकाबाट १८९ जनाले केन्द्रीय नेतृत्व चयनको लागि भाग लिन पाउने छन् । संघको विधान अनुरुप ६५ प्रतिशत प्रतिनिधी मध्येबाट १२३ जना प्रतिनिधीबाट १०१ जनाले आफ्नो नाम दर्ता गराएका थिए । खड्का अनुसार बांकी २५ प्रतिशत प्रतिनिधीहरुको लागि निर्वाचन गर्न लागिएको हो ।