न्यूयोर्क – एनआरएनए अभियान्ता, निडर र स्पष्ट वक्ता वरिष्ठ ईन्जिनियर सुर्य लम्साल संसारको सबैभन्दा चलायमान शहर न्यूयोर्क राज्यको बिद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदमा नुयुक्त भएका छन । शिक्षा, पेशा र सामाजिक अभियान्ता लम्साल एनआरएनए अमेरिकाको पुर्व सदस्य तथा अध्यक्ष पदका पुर्व प्रत्यासी पनि हुन ।
जन्मभुमी नेपालमा ‘उज्यालोका तारा’ कुलमान घिसिङ्गका सहपाठी लम्सालले घिसिङ्गलाई उनको अमेरिका भ्रमणका बेला आफु लामो समयदेखी कार्यरत अमेरिकाको सबैभन्दा ठुलो कम्पनी मध्यको एक ‘न्यूयोर्क बिद्युत प्राधिकरण’ घुमाएका थिए । संयोगले घिसिङ्ग नेपालमा प्राधिकरणको प्रमुख भएका छन भने उनका सहपाठी लम्साल अमेरिकाको ब्यस्त न्यूयोर्कको बिद्ध्युत प्राधिकरणको निर्देशक।
स्कुल अफ डेमोक्र्यासी, अमेरिकाका अध्यक्ष लम्साल न्युयोर्क विद्युत प्राधिकरणमा लामो समयदेखि वरिष्ठ इन्जियिनरको रुपमा कार्यरत रहंदै गर्दा न्युयोर्क राज्य सरकारको न्युयोर्क विद्युत प्राधिकरण प्रमुख कार्यकारी निर्देशक पदमा नियुक्त भई यो उच्च पुग्ने पहिलो नेपाली हुन । लम्साललाई हार्दिक बधाई ।