२०८२ चैत ५ गते | 19th of March 2026

संघीय संसद्को चालू अधिवेशन सोमबार राति १२ बजेदेखि अन्त्य

खुल्लामन्च
 प्रकाशित: २०७८ साउन ३२ गते १४:४४

काठमाडौँ – सरकारले संघीय संसद्को चालू अधिवेशन सोमबार राति १२ बजेदेखि अन्त्य गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्का दुवै सदनको चालू अधिवेशन सोमबार राति १२ बजेबाट अन्त्य हुने व्यहोराको पत्र सभामुख अग्नीप्रसाद सापकोटाले पढेर सुनाएका हुन् ।

सोमबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख सापकोटाले राष्ट्रपति भण्डारीले प्रतिनिधि सभामा पठाएको पत्र बाचन गर्दै भने, ‘नेपालको संविधानको धारा ९३ को उपधारा २ बमोजिम नेपाल सरकार मन्त्रीपरिषदको २०७८/४/३२ को सिफारिसमा संघीय संसद दुवै सदनको चालू अधिवेशन २०७८ साल साउन ३२ गते सोमबार राति १२ बजेदेखि अन्त्य गरेको छु ।’ सभामुख सापकोटाले राष्ट्रपतिको सो पत्र बाचन गरेपछि प्रतिनिधि सभाको चालू अधिवेशन सोमबार राति १२ बजेबाट स्वतः अन्त्य हुने घोषणा गरे । सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापना गरेपछि गत साउन ३ गतेबाट अधिवेशन सुरु भएको थियो । अधिवेशनबाट प्रधानमन्त्री देउवाले विश्वास मतसमेत लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *