२०८१ साउन १२ गते | 27th of July 2024

डा. गोविन्द केसीको माग सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा तयार

खुल्लामन्च
 प्रकाशित: २०७८ भदौ १ गते १३:२४

काठमाडौं –  डा. गोविन्द केसीले उठाएका माग सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा तयार भएका छन् । प्रधानमन्त्रीसँगको वार्तापछि डा. केसीले एक विज्ञप्ति जारी गर्दै सत्याग्रह स्थगित भएको जनाएका छन् ।प्रधानमन्त्रीले पदहरुमा नियुक्त गर्दा हुने स्वार्थको द्वन्द्व रोक्न कानुनी व्यवस्था गर्ने । स्वास्थ्य राज्यमन्त्रीको विषयलाई उपयुक्त समयमा सम्बोधन गर्ने प्रतिवद्धता जनाएका हुन् ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आन्दोलन टुंग्याउने क्रममा भएको सम्झौता कार्यान्वयन गर्न तथा वैकुण्ठ अर्याल कार्यदलको प्रतिवेदन कार्यान्वयनका लागि तत्काल सिनेट बैठक बोलाउने, पदाधिकारी नियुक्तिको मापदण्ड निर्धारण गर्न बनेका कार्यदलको प्रतिवेदनलाई कानुनी रुप दिन सम्बन्धित मन्त्रीको नियुक्ति हुनासाथ प्रक्रिया अघि बढाउने, प्रत्येक प्रदेशमा कम्तिमा एउटा मेडिकल कलेज पु¥याउनका लागि निर्माण कार्यलाई तीव्रता दिने, चिकित्सा शिक्षा ऐनमा संशोधनलगायत बाँकी मागहरु तथा यसअघि नेपाल सरकारले गरेका सबै सम्झौता कार्यान्वयन गर्ने प्रतिवद्धता प्रधानमन्त्री देउवाले जनाएकाले सत्याग्रह स्थगित गरिएको डा. केसीले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *