काठमाडौं – सत्तारूढ नेपाली कांग्रेसको अन्तिमपटक संशोधित कार्यतालिका पनि प्रभावित भएको छ । क्रियाशील सदस्यता विवाद समाधानका लागि पूर्वमहामन्त्री कृष्ण सिटौलाको संयोजकत्वमा समिति बनेको थियो । कांग्रेस नेता डा. मिनेन्द्र रिजाल र रमेश लेखक सदस्य रहेको समितिले पार्कभिलेजमा बसेर बिहानदेखि राति अबेरसम्म निरन्तर काम गरिरहेको छ ।
तर, विवादको छिनोफानो अहिलेसम्म हुन सकेको छैन । समितिले विवाद टुङ्ग्याउन नसक्दा कांग्रेसको अन्तिम पटकका लागि भनेर तय गरिएको कार्यतालिका पनि उलङ्घन भएको छ । कांग्रेसले अन्तिपटक बनाएको कार्यतालिकामा भदौ २ गते क्रियाशील सदस्यको अन्तिम नामावली बुझाउने उल्लेख छ । तर, भदौ ३ गतेसम्म पनि विवाद नटुङ्गिँदा नामावली तयार समेत हुन सकेको छैन ।