२०८१ साउन १२ गते | 27th of July 2024

माधव नेपालले पाएनन एमाले , चुनाव चिह्नको टुंगो लागेन

खुल्लामन्च
 प्रकाशित: २०७८ भदौ ४ गते ११:१६

काठमाडौं – निर्वाचन आयोगले प्रस्तावित नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी नेपालको दर्ताका लागि भदौ ९ गते सनाखत गर्ने निर्णय गरेको छ । आज बसेको आयोगको बैठकले माधव नेपालको नेतृत्वमा प्रस्तावित नेकपा (एकीकृत समाजवादी) र महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल दर्ताका लागि केन्द्रीय सदस्य र सांसदहरुको सनाखत गर्न लागेको हो । भदौ ९ गते बिहान साढे ११ बजेदेखि २ बजेसम्म सनाखतको समय छुट्याइएको र सोही दिन दर्ता हुन सक्ने आयोगका सचिव सुरेश अधिकारीले जानकारी दिए । उनीहरुलाई नागरिकतासहित उपस्थित हुन भनिएको छ ।  निर्वाचन आयोगले एउटा पार्टीसँग मिल्दोजुल्दो नाम राख्न नमिल्ने सुझाव दिएपछि माधकुमार नेपालले गठन गरेको नयाँ पार्टीको नाम फेरिएको छ ।

नेपालले नेकपा (एमाले)बाट विद्रोह गरेर नेकपा एमाले (समाजवादी) दर्ताका लागि बुधबार निवेदन दिएका थिए । तर, एमालेसँग नाम मिल्दोजुल्दो भएपछि आयोगले अर्को नाम ल्याउन भनेको थियो । उनीहरुले आज आयोगमा पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) राख्नका लागि निवेदन दिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।  नेपालको पार्टीको चुनाव चिह्न भने अझै टुंगो लागेको छैन । दल विभाजनसम्बन्धि अध्यादेश जारी भएपछि नेकपा एमाले र जनता समाजवादी पार्टी विभाजित भएर बुधबार नयाँ दल दर्ताको निवेदन आयोगमा परेको थियो ।

One thought on “माधव नेपालले पाएनन एमाले , चुनाव चिह्नको टुंगो लागेन

Leave a Reply

Your email address will not be published. Required fields are marked *