२०८१ साउन ११ गते | 26th of July 2024

सभापतिको उम्मेदवारीबाट पछि हटदिन : नेता प्रकाशमान सिंह

खुल्लामन्च
 प्रकाशित: २०७८ भदौ ५ गते १२:३७

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापतिको उम्मेदवारीबाट पछि नहट्ने बताएका छन् । शनिबार काठमाडौंको चन्द्रागिरी नगर समितिले आयोजना गरेको कार्यक्रममा नेता सिंहले आफू सम्पूर्ण रूपले पार्टीको सभापति बन्‍न सक्षम रहेको भन्दै पछि नहट्ने बताएका हुन् । आमजनताको दुःखमा मलमपट्टी लगाउन भए पनि आफु कांग्रेस सभापति बन्नुपर्ने उनले बताए । ‘आम जनताको दुःखमा मलमपट्टी लगाउन भए पनि म कांग्रेस सभापति बन्नुपर्छ,’ नेता सिंहले भने, ‘सबैलाई मिलाउन सक्ने क्षमता छ । पार्टी सञ्चालन गर्न सक्ने क्षमता छ । म किन पार्टी सभापति नबन्ने ? त्यसैले सभापतिको उम्मेदवारीबाट पछि हट्दैन ।’

नेता सिंहले १३ औं महाधिवेशन पछि अहिले नेपाली कांग्रेस इतिहासकै कमजोर अवस्थाम पुगेको बताए । नेतृत्व गलत भए पछि इतिहास बोकेको पार्टी पनि कमजोर हुने बताउँदै उनले क्षमता नभएका र काम गर्न नसक्नेलाई फेरि पनि मौका दिए आफ्नो खुट्टामा आफै बञ्चरो प्रहार गरे सरह हुने टिप्पणी गरे ।

कम्युनिष्टहरूले कांग्रेसलाई सहयोगी पार्टीको रूपमा प्रयोग गर्न खोजेको बताए । नेता सिंहले जनता र देशलाई संकट पर्दा कांग्रेसले नै साथ दिने भन्दै कांग्रेस जनताको पार्टी पार्टी भएको दाबी गरे ।  केही व्यक्तिहरूले आफ्नो स्वार्थका लागी क्रियाशील सदस्यता वितरणमा अनियमितता गर्दा वर्षौदेखि पार्टीमा संघर्ष गरेका नेता कार्यकर्ता निराश भएको सिंहले बताए ।

One thought on “सभापतिको उम्मेदवारीबाट पछि हटदिन : नेता प्रकाशमान सिंह

Leave a Reply

Your email address will not be published. Required fields are marked *