२०८१ वैशाख २३ गते | 5th of May 2024

अफगानिस्तानवाट उद्धार गरिएका करिब ६०० नेपाली स्वदेश फर्किए

खुल्लामन्च
 प्रकाशित: २०७८ भदौ ५ गते १२:५४

काठमाडौं – अफगानिस्तानमा विकसित पछिल्लो घटनापछि त्यहाँबाट उद्धार गरिएका करिब ६०० नेपाली स्वदेश फर्किएका छन्। गृह मन्त्रालयका अनुसार एक साताको अवधिमा ५२२ जना स्वदेश फर्किएका छन् भने थप ३१७ ले स्वदेश फर्कनका लागि नाम दर्ता गराएका छन्।

अफगानिस्तानमा विद्रोही तालिवान राजधानी काबुल प्रवेश गरेपछि नेपालसहित विभिन्न मुलुकका नागरिक स्वदेश फर्किरहेका छन्। गृह मन्त्रालयका प्रवक्ता फडिन्द्रमणि पोखरेलले भदौ १ गतेदेखि आजसम्म झण्डै ६०० नेपाली अफगानिस्तानबाट स्वदेश फर्किएको जानकारी दिए।  स्वदेश फर्किएका नेपाली चार्टर्ड उडान तथा नियमित उडानमार्फत आएका हुन्।

अफगानिस्तानबाट काठमाडौं आएका नेपालीलाई गृह मन्त्रालयसँगको समन्वयमा नेपाली सेनाले होल्डिङ सेन्टरमा लगेर कोभिड–१९ परीक्षणलगायत प्रक्रिया पूरा गरी घर पठाउने व्यवस्था मिलाइएको छ। नेपाली सेनाले सामाखुसी र इचङ्गुनारायणमा होल्डिङ सेन्टर बनाएको छ। हालसम्म नेपाल फर्किएकालाई सामाखुसीको होल्डिङ सेन्टरमा व्यवस्थापन गरिएको र आवश्यक परेमा मात्रै अर्को होल्डिङ सेन्टरमा लगिने नेपाली सेनाले जनाएको छ। सरकारले अफगानिस्तानमा विकसित घटनाप्रति गम्भीर चासो जनाउँदै (साउन ३२ गते भएको मन्त्रिपरिषद् बैठकले) नेपालीको सकुशल शीघ्र उद्धार गर्ने निर्णय गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *