काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख स्वकीय सचिवमा भानु देउवा नियुक्त भएका छन् । देउवाले प्रमुख स्वकीय सचिवमा भतिज भानु देउवालाई एक हप्ताअघि नै नियुक्त गरेको देउवाको सचिवालय स्रोतले जनाएको छ । देउवाको सचिवालयमा पुरानै टिमले काम गरिरहे पनि अरु सदस्यहरू भने नियुक्त भएका छैनन् ।