२०८१ साउन १२ गते | 27th of July 2024

एमाले अध्यक्ष ओलीले १० बुंदे सहमति कार्यन्वयन गर्लान त ?

खुल्लामन्च
 प्रकाशित: २०७८ भदौ ७ गते १३:३४

  काठमाडौं –  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विवाद समाधान कार्यदलले गरेको दस बुँदे सहमति कार्यन्वयन नगरेको भन्दै बिभाजनको निर्णयमा पुगेका नेता माधवकुमार नेपालले उठाउको माग लिएर उनी निकटका एमालेका नेताहरु आज ओली निवास बालकोट पुगेका थिए ।  एमालेमा एकताका पक्षधरका रूपमा उभिएका नेता र पार्टी अध्यक्ष केपी शर्मा ओलीबीच १० बुँदे सहमति कार्यान्वयन गर्ने सहमति भएको बताइएको छ। ओली निवास बालकोटमा बसेको बैठकमा छलफल सकारात्मक भएसँगै मङ्गलवार एमालेको स्थायी कमिटी बैठक बस्ने र १० बुँदे कार्यान्वयनको आधिकारिक निर्णय हुने बताइएको छ।

“भोलि ११ बजे स्थायी कमिटी बैठक गर्ने र त्यहाँ १० बुँदे कार्यान्वयन गर्ने सहमति भयो,” नेता सुरेन्द्र पाण्डेले भने। बैठकमा एमालेले कारबाही गरेका नेता माधवकुमार नेपालसहित १४ नेताहरूबारे पनि चर्चा भएको र त्यसबारे पनि मङ्गलवार स्थायी कमिटीबाट निर्णय हुने पाण्डेले बताए।  बैठकपछि नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले पार्टीलाई सुदृढ गर्ने गरी छलफलमा भएको र स्थायी कमिटीको बैठक डाकिएको बताए। ज्ञवालीले भने, “छलफलले १० बुँदे प्रस्तावको कार्यान्वयनको प्रक्रियालाई थप तीव्रता दिने निर्णय गरेको छ र यसको बारे थप निर्णय गर्न भोलि स्थायी कमिटीको बैठक डाकिएको छ।”

“यो छलफलपश्चात् पार्टी एकतामा देखिएका जे समस्याहरू थिए ती समस्या समाधान हुने पार्टी दृढतापूर्वक अगाडि बढ्ने विश्वास हामीले बैठकमा निकालेका छौँ।” बैठकमा ओलीपक्षका ईश्वर पोखरेल र ज्ञवाली सहभागी थिए। नयाँ पार्टी नेकपा एकीकृत समाजवादीमा नगएर एकताको पक्षमा उभिएका नेताहरू भीम रावल, पाण्डे, घनश्याम भुसाल र गोकर्ण विष्ट सहितका तेस्रो धारका नेताहरू बैठकमा सहभागी थिए। लामो समयदेखि आन्तरिक विवादमा परेको नेकपा एमालेमा सहमतिहरू हुने भए पनि त्यो कार्यान्वयन हुन नसकेको भन्दै केही नेताहरूले असन्तुष्टि जनाउँदै आएका छन्।

One thought on “एमाले अध्यक्ष ओलीले १० बुंदे सहमति कार्यन्वयन गर्लान त ?

  1. Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me?

Leave a Reply

Your email address will not be published. Required fields are marked *