शिताष्मा भुसालको ‘स्वामीकी प्यारी’मा सुनिता दुलालको स्वर र बि बी अनुरागीको संगीत
खुल्लामन्च
प्रकाशित: २०७८ भदौ ८ गते ५:४९
स्याक्रामेन्टो – हिन्दु महिलाहरुको मात्र महान चाड लोकप्रिय हरितालिका पर्व तीज यो वर्ष पनि संघारमा छ । तीज पर्व यो वर्ष महिलाहरुले घरघरमा मात्र सीमित रहेर मनाउने अवस्था भएपनी महिलाहरुको खुट्टो के थाम्थ्यो होला र, नाच्नलाई । जन्मभुमी नेपालमा कोरोना कहरल अत्याईरहेको अवस्थामा पनि नाच्ने रहरलाई स्वास्थ्य मापडाँडा अपनाएर पुरा गर्नुहुन हाम्रो अनुरोध छ ।
सम्भवत: नेपाली संगितिक क्षेत्रमा तीज यस्तो अवसर हो, यसै बखत भावना, दर्द, खुसी, उन्माद र ब्यंग्यका सबैभन्दा बढी सांगितिक कोशेलीहरु रेकर्डिङ्ग हुने गरेका छन । यसै क्रममा चर्चित गायिका सुनिता दुलालको सुमधुर स्वर, लोक गीतका हस्ती बिबी अनुरागीको संगितमा यसपालीको तीजमा मनिरन्जन लिन ”स्वामीकी प्यारी’ शिर्षकको मनोरन्जनात्मक सांगितिक कोशेली बजारमा आएको छ ।
जन्मभुमीभन्दा सात समुन्द्र पारी अमेरिकाको क्यालिफोर्निया राज्यको राजधानी स्याक्रोम्यान्टोलाई कर्म क्षेत्र बनाएर स्वदेश सम्झदैं रहेकी शिताष्मा भुषालद्दारा रचित उक्त सांगितिक कोशेलीमा प्रसिद्ध नायिका गौरी मल्ल, सुमिना श्रेष्ठ, बिना राउत, बिना राउत, सरोज प्रजा लगायतको सुन्दर अभिनय रहेको छ ।
‘स्वामीकी प्यारी’ शीर्षक रहेको उक्त गीतले जीवनमा सन्तोष र खुशीको चमकको अनेक गहनाले दिने चमक दिनेछ, घर सुन्दर हुन सासुले बुहारीलाई छोरी जस्तै र बुहारीले पनि सासुलाई आमा जस्तो गर्नुपर्ने, श्रीमान-श्रीमतीको खुशी र साथ समझदारी भए घर दरबार जस्तो र उनीहरु घरका राजा रानी जस्तो हुने सन्देश बोकेको छ । गीतमा आधा संसार ढाकेको नारीलाई उचों सम्मान दिईएको र अनेक साहस र हिम्मत हुने पनि बताईएको छ ।