काठमाडौं – नेकपा एमाले २०७५ जेठ २ गतेको अवस्थामा फर्किएको छ । मंगलबार बसेको स्थायी कमिटी बैठकले यस्तो निर्णय गर्दै २०७५ जेठ २ मा जो जुन कमिटीमा क्रियाशील थियो सोही जिम्मेवारीमा रहन स्थायी कमिटी बैठकले निर्देशन दिएको छ । “पार्टीको पक्षमा रहेर क्रियाशील हुने केन्द्रीय कमिटी, सबै तहका कमिटी र जनसंगठनका पदाधिकारी र सदस्यलाई २०७५ जेठ २ गतेपूर्वको जिम्मेवारीमा क्रियाशील हुन निर्देशन दिने निर्णय भएको छ,” बैठकपछि पत्रकार सम्मेलनका क्रममा प्रवक्ता प्रदीप ज्ञवालीले भने ।
उनले १० बुँदेलाई सन्दर्भ सामग्रीकारुपमा लिन पनि निर्देशन दिइएको जानकारी गराए । एमालेले पार्टी विभाजन गरेर गएका नेता तथा कार्यकर्तालाई मूल घरमा फर्किन आग्रह गरेको छ । पार्टी स्थायी कमिटी बैठकपछि जारी गरिएको एक आह्वानमा यो कुरा उल्लेख गरिएको छ ।