गोकुल ढकाल/अमेरिका – डेलिगेट्स विवादले रुमल्लिएको एनआरएनए अमेरिकाको लफडाकै बिच एनआरएनए आईसिसीको निर्वाचन पनि नजिकिंदै छ । कोभिडका कारण अनलाईन मार्फत हुने निर्वाचनमा बिजयीहरुको स्वागतमा खादा माला लगाउन भने काठमान्डौंमा तामझाम गरिने आईसिसीको तयारी छ । सदस्यता विवाद, निर्वाचन प्रणाली, सल्लाहकारहरुको नियुक्ती, अमेरिकाज क्षेत्रीय संयोजकसंग एनसिसी अमेरिकाको जुंगे लडाईं, आईसिसीसंग भिडन्त, डेलिगेट्स छनौट विवादले एनआरएनए अमेरिकाको शरीरमा पिलो, पखाला, क्षयरोग, उच्च रक्तचाप, निमोनिया र क्यान्सर रोग जसरी निरन्तर बढ्दैछ ।
यसैबिच एनआरएनए अमेरिकालाई चाहे सहयोग गर्ने नत्र लगाम लगाउने सबैभन्दा नजिकको दाम्लो मानिने अमेरिकाज क्षेत्रीय संयोजक पदमा क-कसको उम्मेद्वारी रहने भन्ने बिषय पनि चर्चित छ । ईतिहासले अमेरिकाज क्षेत्रीय संयोजक र एनआरएनए अमेरिका सधैं कुलोमा पानी नमिल्ने संधियारे बनाएको नजीर छ । बजारमा आईसिसीको कार्यसमितिमा को-को भिड्दैछन भन्ने मसला बिकिसकेको छ । तर, अमेरिकाज क्षेत्रीय संयोजक पदमा उमेद्वारी दिएर को टिक्ला र त्यो पद जित्ला भन्ने अड्कलबाजीको खेल भने शुरु भएको छ ।
प्रकाश सापकोटा :
एनआरएनए अमेरिकाको सह-कोषाध्यक्ष भएर काम गरेका प्रकाश सापकोटा एनआरएनए अमेरिकाज क्षेत्रीय संयोजक पदका उमेद्वार हुन । २०१५-२०१७ मा डा. केशब पौडेल अध्यक्ष रहेको कार्यकालमा ‘काम गरेका केही’ मा सह-कोषाध्यक्ष रहेका सापकोटा २०१७-२०१९ कार्यकालका लागि एनआरएनए आईसिसी सदस्य निर्वाचित भएका थिए ।
धादिङ्गमा जन्मिएका सापकोटा बिगत २० बर्षदेखी कोलोराडो राज्यमा सफल ब्यवसायिक जीवन बिताईरहेका छन । स्कुले जीवनदेखी नेपाल विद्धार्थी संघको राजनीति थालेका सापकोटा नेबिसंघ धादिङ्ग हुंदै क्याम्पस जीवनमा काठमान्डौंमा पर्यटन ब्यवसाय र राजनीतिमा सकृय थिए । एनआरएनए अमेरिकाको ‘एउटा धार’को अग्रपंक्तीमा रहेका सापकोटा यसअघिको आईसिसी महाधिवेशनमा विवादित डेलिगेट्स बिषयमा तत्कालिन क्षेत्रीय संयोजक गौरीराज जोशी पक्षबाट डेलिगेट्स समितिको संयोजक रहेका थिए । सापकोटाकै संयोजकत्वमा बनेको समितिले ऐतिहासिक ६३ जना डेलिगेट्स नेपाल पठाएको थियो, आईसिसी महाधिवेशनमा भाग लिन ।
कम बोल्ने, काममा अविछिन्न लाग्ने सालीन स्वभावका सापकोटा र कोलोराडो च्याप्टरका पुर्व अध्यक्ष बासु खनाल सम्मिलित एनआरएनए अमेरिकाका उप-विजेता कृष्ण लामिछानेको कार्यक्रम जुन कोलोराडोमा सम्पन्न भयो, त्यो नै लामिछाने समुहको सबैभन्दा भब्य कार्यक्रम थियो, जसबाट निर्वाचित भए – होनहार युवा आरसी पन्त ।
नढांटी भन्नुपर्दा गौरीराज जोशी, हरिबोल भन्डारी, राजन त्रिपाठी, कृष्ण लामिछाने, कृष्णजिवी पन्थ, बिकास उप्रेती, प्रमोद सिटौला, बिष्णु सुवेदी, प्रभु थापा, पुरुषोत्तम बोहोरा लगायतको समुहको निर्विकल्प उम्मेद्वार हुन, एनआरएनए अमेरिकाज क्षेत्रीय संयोजक उमेद्वार – प्रकाश सापकोटा ।
राम सि पोखरेल :
डालासलाई कर्मक्षेत्र बनाएर सफल ब्यवसायिक जीवन बिताउंदै आएका राम पोखरेल एनआरएनए अमेरिकाज क्षेत्रको संयोजक पदका उम्मेद्वार हुन । अमेरिकाज क्षेत्रको उप-संयोजक भएर काम गरिरहेका पोखरेललाई आरसी पदका स्वाभाबिक उम्मेद्वार मानिन्छ । एनआरएनए अमेरिकाको उपाध्यक्ष भएर काम गरिसकेका डिआरसी पोखरेललाई डा. केशब पौडेल, डा. यादब पन्डित, बुद्धी सुवेदी लगायत एनआरएनए अमेरिकाको वर्तमान सत्तापक्षको उम्मेद्वार रहेको बताईन्छ ।
प्रवासी नेपालीहरुको समस्यामा हातेमालो गर्न ‘राजनिती नगरिने’ भनेर स्थापना गरिएको एनआरएनएमा अबको निर्वाचन भने कांग्रेस र कम्युनिष्ट पक्षधरको हुने देखिन्छ । एनआरएनए अमेरिकाको सत्तपक्ष कांग्रेस समर्थित भए पनि पोखरेललाई चाँहीं मान्छेहरु ‘कांग्रेस नभएको’ बताउंछन । चुनावी रणनितीमा जोडघटाऊका लागि कांग्रेसीहरुले समर्थन गरेपनि ‘हल्लाका लागि मात्र’ होईन, डा. पन्डितहरुले पोखरेलको बिरुद्धमा आफ्ना केही पात्रहरुलाई आरसीको उमेद्वार भने पक्कै बनाउंनेछन ।
नविन शेरचन :
न्यूयोर्कमा रेस्टुरेन्ट ब्यवसायमा सफल नबिन शेरचन एनआरएनए अमेरिकाज क्षेत्रका लागि संयोजक पदका आगामी उमेद्वार हुन । एनआरएनए अमेरिकाको २०१०-२०१२ कार्यकालका सदस्य, २०१३-२०१५, २०१५-२९१७ गरी दुई कार्यकालका आई सी सी सदस्य रहिसकेका शेरचन कम बोल्ने पात्रका रुपमा चिनिन्छन ।
२०१७-२०१९ अमेरिकाज क्षेत्रको उपसंयोजक रहिसकेका शेरचन, दुई बर्ष अगाडी अमेरिकाज क्षेत्रको संयोजक पदमा उमेद्वार रहेर पनि सहमतीका लागि भन्दै आफ्नो उमेद्वारी फिर्ता लिएका थिए । मिलनसर शेरचन २०१९-२०२१ एनआरएनए अमेरिकाको संरक्षक पनि रहिसकेका छन । एनआरएनए अमेरिकाको सत्तपक्ष, वर्तमान उपाध्यक्ष सोनाम लामा नजिक रहेका आरसी पदका उमेद्वार शेरचन ‘अन्तमा सह-कोषाध्यक्ष’ पदमा चुनाब लड्ने बजार हल्ला छ । अहिले उनी चुनावमा गरिने समिकरणका आरसी पदका हल्ले उम्मेद्वार मात्र रहेको भान छन ।
कृष्ण पोखरेल :
बिगत लामो समयदेखी अमेरिकामा रहेर न्यूयोर्क लाईफ ईन्सुरेन्समा उच्च पदमा रहेका कृष्ण पोखरेल पनि एनआरएनए अमेरिकाज क्षेत्रको संयोजक पदका अर्का उमेद्वार हुन । न्यूयोर्कमा रहेर लामो समय सामाजिक सेवामा अग्रसर तथा पोखरेल ब्यापार विस्तारको क्रममा नर्थ क्यारोलिना पनि सरेका पोखरेल एनआरएनए अमेरिकाको २०१४ मा भएको अती प्रतिस्पर्धात्मक चुनावमा महासचिव पदमा निर्वाचित भएका थिए ।
त्यसपछीको २०१५-२०१७ को एनआरएनए निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदमा निर्वाचित भएका पोखरेल राजनैतीक चातुर्यता भएको पात्रका रुपमा चिनिन्छन । तर, आफु अनुकुल नभए मैदानै छाडिदिने खेलाडीको रुपमा पनि पोखरेल परिचित छन । त्यसो त, २०१७-२०१९ को निर्वाचनमा अध्यक्ष पदको उमेद्वार भएर पनि पोखरेलले मैदान छाडिदिएका थिए ।
‘ज्योतिषले राज योग छ, जीवनमा चुनाव हार्दैनौ, बाबु’ को आशिर्वाद पाएका पोखरेलको यसपालीको अमेरिका क्षेत्रीय संयोजकको उम्मेद्वारी पनि ‘हल्ला मात्र भएको नजीर’ देखाउने पनि छन । बिभिन्न कारणले एनआरएनए अभियानमा पछी परेका पोखरेल कुनै जमनामा डा. केशब पौडेलका सबैभन्दा ठुला बिरोधी थिए । अहिले त्यो अथवा एनआरएनए अमेरिकाको सत्ता पक्ष र त्यसका सभापती डा. यादव पन्डितका विश्वासपात्र भएका पोखरेल पन्डित र डा. पौडेलको आधिकारिक ‘आरसी उमेद्वार’ चाहीं हुन ।
राम पोखरेललाई नरुचाउने समुह वा पात्रको रोजाईमा पोखरेल आरसीको उमेद्वार चाँहीं पक्कै हुन । संगसंगै नबिन शेरचनलाई पनि त्यो पासा फालिएको छ । शेरचन सह-कोषाध्यक्ष पदमा लड्नेछन भने डा. पौडेल र पन्डितको गोटीमा स्ट्राईकर बन्दै पोखरेल ‘अमेरिकाज क्षेत्रको उप-संयोजक पदमा’ निर्वाचन लड्नेछन । आफ्नो एनआरएनए ग्यापको मोह शेरचनले सह-कोषाध्यक्ष पदमा चित्त बुझाए जस्तै अन्तमा ‘डीआरसी’ पदमा पोखरेलले आफ्नो यात्रा विसर्जन गर्नेछन ।
पशुपती पाण्डे :
सियाटल राज्यमा प्रविधी पेशामा रहेका पशुपती पाण्डे पनि नचाहेरै एनआरएनए अमेरिकाज क्षेत्रीय संयोजक पदको उम्मेद्वार भएका छन । एनआरएनए अमेरिकाको निवर्तमान महासचिव पाण्डे ‘त्यो कार्यसमितीमा सबैभन्दा काम गर्ने एनआरएनए नेताहरुमा’ पर्छन । बन्दोबस्तको जागिरले सुखद जीवनयापन गरेका पाण्डेलाई ईमान्दारिकाताका साथ यो अभियानमा लाग्नु नै छैन । शान्त स्वाभावका पाण्डेको आफ्नै सुखद जीवन छ । भलै, सबैभन्दा ठुलो एनसिसीको महासचिवको एनआरएनए अभियानमा रहर मरेको भन्नु त पाप हो । तर, एनआरएनए अमेरिकाका निवर्तमान अध्यक्ष सुनील साह र उनको समुहको दवावमा पाण्डे आरसीको उमेद्वार भने हुन ।
आँफैमा योग्य पाण्डेलाई जुन समुहले उचालेको छ, त्यो समुह पछील्लो समय महासचिव पदका उमेद्वार गौरीराज जोशीसंग नजिक छ । गौरीराज जोशी समुहको आधिकारिक उमेद्वार प्रकाश सापकोटा हुन । प्रजातन्त्रमा कसैले अकुंश लगाउंदैमा कसैको अधिकार त हन हुँदैंन । तर समझ्दारी र सहमतीको विन्दु जती बलवान केही हुँदैंन । साह जोशीको पछील्लो गठबन्धन कसिंदै गर्दा सापकोटा र पाण्डेको एकैपटकको उमेद्वारी त्यो समुहमा विस्फोटको अर्को तालीवानी बम कान्ड भने अबश्य हुनेछ ।
प्रमोद सिटौला :
‘जहाँ लफडा, त्यहां सिटौला’ भन्छन, अमेरिकामा मान्छेहरु । तर, बिचार, धार र वाकपटुताका धनी झापाका प्रमोद सिटौला पनि एनआरएनए अमेरिकाज क्षेत्रीय संयोजक पदका अर्का उमेद्वार हुन । उनी उठेका हुन कि होईनन, उठ्ने हुन कि होइनन कसैले बुझ्दैन । सिटौला कुनै पदमा उमेद्वार नभएपनी ‘उम्मेद्वार हुन’ भन्ने पात्र हुन । अमेरिकी नेपाली समुदायका सबैभन्दा चर्चित खेलाडी सिटौला आँफैलाई थाहा छैन, उनी उमेद्वार हुन की होईनन ।
नभएको कुराको ‘हो’ हुन, प्रमोद सिटौला । प्रकाश सापकोटाकै समुहका सबैभन्दा ठुला नेता सिटौला कृष्ण लामिछाने समुहका कमान्डर हुन । लागेको कुरा प्रष्ट ब्यक्त गर्ने सिटौला त्यो पात्र हुन, जसलाई डा. पौडेलका दाहिने हात बिआर लामाले पनि भित्र भित्रै मन पराउंछन । सिधा कुरा, प्रष्ट विचारका निर्डर सिटौलाको राजनिती कमेडी च्याम्पियनका मणी भरतमणी पौडेलको क्यारिकेचर जस्तै हो, कती बेला कसको पो आउंछ ।