२०८१ साउन १२ गते | 27th of July 2024

कांग्रेस कार्यालय सानेपामा रिले अनसन

खुल्लामन्च
 प्रकाशित: २०७८ भदौ ९ गते १५:१८

काठमाडौं – क्रियाशील सदस्यता नामावली सार्वजनिक गर्न माग गर्दै कांग्रेसका जिल्ला सभापतिहरूले पार्टी कार्यालय सानेपामा रिले अनसन थालेका छन् । संस्थापन इतरका २५ भन्दा बढी जिल्ला सभापतिहरू सानेपामा यसअघि धर्नामा थिए भने अब रिले अनसन सुरु गरेका छन् । जिल्ला सभापतिहरूले पालो मिलाएर २४ घण्टे अनसन सुरु गरेको जानकारी दिए । अनसनमा नुवाकोटका सभापति जगदिश्वरनरसिंह केसी, काभ्रेका सभापति मधु आचार्यलगायत रहेका छन् ।

“हामी पालो मिलाएर २४ घण्टा अनसनमा बस्छौं, हाम्रो अनसन सूची सार्वजनिक नभएसम्म जारी रहन्छ,” आचार्यले भने ।  उनीहरूले तीनवटा माग राखेर धर्नामा बसेका हुन् । जसमा क्रियाशीलको सूची सार्वजनिक गर्नुपर्ने, निर्वाचन निर्देशिका संशोधन गरेर निर्वाचन प्रक्रियामा सबै जिल्लाका सभापतिको एकरूपता आउनुपर्नेलगायत रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *