२०८१ वैशाख २२ गते | 4th of May 2024

नेकपा एमाले औपचारिकरुपमा फुटयो , नेकपा (एकीकृत समाजवादी) लाई निर्वाचन आयोगले दियो प्रमाणपत्र

खुल्लामन्च
 प्रकाशित: २०७८ भदौ ९ गते १५:३३

काठमाडौं – पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल समूहले गठन गरेको नेकपा (एकीकृत समाजवादी) निर्वाचन आयोगमा बुधवार दर्ता भएसँगै संसद्को सबैभन्दा ठुलो शक्ति नेकपा एमाले औपचारिक रूपमै विभाजन भएको छ। निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले माधव नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी र महन्थ ठाकुरको अध्यक्षतामा लोकतान्त्रिक समाजवादी पार्टी दर्ता गरि प्रमाणपत्र दिइएको जानकारी दिएका छन्।

सङ्घीय संसद्को दुवै सदनका १५४ एमाले सांसद मध्ये २९ जनाले बुधवार निर्वाचन आयोगमा पुगेर एकीकृत समाजवादीमा सहभागी हुन सनाखत गराएका हुन्। विभाजनपछि पनि एमालेले संसदमा सबैभन्दा ठूलो दलको हैसियत गुमाएको छैन। सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश जारी गर्दै २० प्रतिशत सांसद वा केन्द्रीय सदस्यले पार्टी विभाजन गर्न पाउने व्यवस्था गरेपछि अलग पार्टी दर्ताका लागि एमालेको नेपाल समूह र जनता समाजवादीको महन्थ ठाकुर समूहले अलग दल दर्ताका लागि गत साता निर्वाचन आयोगमा निवेदन दिएका थिए। हस्ताक्षरकर्ता केन्द्रीय सदस्यहरूको सनाखतपछि आयोगले दुवै दललाई बुधवार नयाँ दल दर्ताको प्रमाणपत्र दिएको हो। नवगठित माधव नेपाल नेतृत्वको दल शेर बहादुर देउवा नेतृत्वको सरकारमा छिट्टै सहभागी हुने नेताहरूले बताएका छन्।

नेपाल नेतृत्वको एकीकृत समाजवादीमा १ अध्यक्ष, १ वरिष्ठ नेता सहित ७ उपाध्यक्ष, १ महासचिव, २ सचिव गरी १७ पदाधिकारी, ११५ पूर्ण केन्द्रीय र ३६ वैकल्पिक गरी १५१ सदस्यीय केन्द्रीय कमिटी रहने बताइएको छ। जनता समाजवादी पार्टीको आधिकारिकता उपेन्द्र यादवले पाएपछि दल विहीन बनेको महन्थ ठाकुर-राजेन्द्र महतो समूहको लोकतान्त्रिक समाजवादी पार्टी पनि आयोगमा बुधवार दर्ता भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *