२०८१ चैत १ गते | 15th of March 2025

नयाँ क्रान्तिकारी धारमा समाहित हुन एमाले नेता/कार्यकर्तालाई माधवकुमार नेपालको अपिल , नेकपा (एकीकृत समाजवादी) सरकारमा सहभागी हुने

खुल्लामन्च
 प्रकाशित: २०७८ भदौ १० गते १०:०३

काठमाडौं –  नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूले नेतृत्व गरेको नयाँ क्रान्तिकारी धारमा समाहित हुन एमाले नेता/कार्यकर्तालाई अपिल गरेका छन्। निर्वाचन आयोगमा पार्टी दर्ता गरेपछि बिहीबार पहिलो पटक नयाँ बानेश्वरमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै दक्षिणपन्थी भासमा फसेको पनि बताए।

‘केपी ओली गुटबाट तत्काल छुटकारा पाउनुस्। दक्षिणपन्थी भासमा फसेको, जनताको जिम्मेवारीबाट भागेको, पार्टी तहसनहस गर्न उद्धत भएको, सरकार सञ्चालन गर्न असफल, पार्टी विभाजित हुँदा भोजभतेर गरेर खुसी मनाएको, एकै कार्यकालमा दुई पटक प्रतिनिधि सभा विघटन गर्नेलाई साथ नदिनुस्,’ अध्यक्ष नेपालले भने, ‘देशभर पीडित रहनुभएका साथीहरू नयाँ क्रान्तिकारी धारमा समाहित हुनुस्।’ उनले भने, ‘हामी सरकारमा जान्छौँ । पाँच दल भन्न हिजो गाह्रो थियो । पाँच दलीय गठबन्धन अझै अघि बढ्छ । हामी सरकारमा जान्छौँ । कम्युनिष्ट पार्टी छोड्दैनौँ ।’

निर्वाचन आयोगले बुधबार एमाले विभाजित भएर बनेको नेकपा (एकीकृत समाजवादी) लाई दल दर्ताको प्रमाणपत्र दिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *