२०८१ वैशाख १६ गते | 28th of April 2024

‘लाईफ इन एलए’ को छायांकन सम्पन्न, दशैंमा प्रदर्शन हुने

खुल्लामन्च
 प्रकाशित: २०७८ भदौ ११ गते १६:१७

लस एन्जलस –  कोरोना भाइरसको कहरले फिल्म निर्माण कार्य ठप्प हुँदा फिल्मकर्मीहरु कामविहीन भइरहेका बेला ‘‘लाईफ इन एलए’’ चलचित्र निर्माण कार्यले केही फिल्मकर्मीलाई रोजगार प्रदान गरेको छ । एक करोड २० लाख रुपियाँ लगानी गरी चलचित्र निर्माण अघि बढाएको निर्माता तथा कलाकार ब्यास बिस्सुले बताउनुभयो । फिल्मी क्षेत्रको लागि संसारकै प्रख्यात अमेरिकाको हलिउड रहेको लस एन्जलस र नेपाल गरी दुई स्थानबाट चलचित्र छायाङ्कन छ । सो चलचित्रमा ३० जना फिल्मकर्मीले काम गरेका छन् ।No description available.

चार महिना अघि सुन्दर नगरी पोखरा, तनहुँका रमणीय स्थानहरु र अमेरिकाको विभिन्न शहरमा छायाङ्कन शुरु गरी हालै पूरा भएर अहिले सम्पादनको काम भइरहेको निर्माता बिस्सुले जानकारी दिनुभयो । चलचित्रमा रहेको ‘‘पागल प्रेमी’’ बोलको गीतको प्रताप दास र कविता श्रेष्ठको आवाजको रहेको गीत सोमबार काठमाडौंबाट सार्वजानिक गरिने बिसु बताउनुहुन्छ । No description available.यसैगरी ‘‘उदाएर आफँै तिमी’’ बोलको प्रविशा अधिकारी र प्रताप दासको आवाजमा रहेको गीत पनि चाँडै नै सार्वजनिक गरिने निर्माता बिस्सुले बताउनुभयो । नेपालीको ठूलो चाड दशैं र तिहारको समयमा दर्शक माझ ल्याउन लगिएको जानकारी निर्माण पक्षले दिएको छ । यस चलचित्रमा अमेरिकामा रहेका फिल्म क्षेत्रमा आवद्ध व्यक्तित्वहरुको सङ्लग्नतामा निर्माण गरिएको छ ।No description available.

त्यस्तै करिब एकसय भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरेकी ब्यास बिस्सु नायक रहेको यस चलचित्रमा नायिकामा शिल्पा मास्के, अमेरिकाको न्यूजर्सी निवासी अकेशा बिष्टले अभिनय गरेका छन् । चलचित्रको कार्यकारी निर्मातामा संसार सुवेदी हुनुहुन्छ । हलिउडमै चलचित्र अध्ययन गरिरहनु भएका सुर्य श्रेष्ठले चलचित्रको निर्देशन गर्नुभएको छ । अमेरिकामै फिल्म क्षेत्रमा ग्र्याजुयट राजेन्द्र ठकुरी पनि यस चलचित्रको निर्माता हुनुहुन्छ । ब्यास इन्टरटेन्टमेन्टको लगानी रहेको यस चलचित्रमा क्यामेरामा हलिवुडमा धेरै फिल्ममा छायाङ्कन गरेका कृष वारेन हुनुहुन्छ ।No description available.

चलचित्रका गीतहरुलाई अमेरिकाको हलिवुड क्षेत्रमा लामो समयदेखि काम गरिरहेका जसवन्त श्रेठले निर्देशन गर्नुभएको ब्यास इन्टरटेन्टमेन्टले जनाएको छ । चलचित्र क्षेत्रमा आवद्ध व्यक्तित्वहरुलाई मौका र प्रेरणा दिनका निमित्त साथै नेपाली चलचित्रलाई भोलिका दिनमा अमेरिकामा सहयोग गर्ने वातावरण सृजनाको गर्न चलचित्र निर्माण गरिएको ब्यास इन्टरटेन्टमेन्टका प्रमुख बिस्सुको भनाइ छ । छायाङ्कन ७० प्रतिशत अमेरिकामा र ३० प्रतिशत नेपालमा गरिएको निर्माता बिस्सु बताउनुहुन्छ । विदेशमा रहेका नेपालीले प्रतिष्ठित खालको काम गर्न पनि अब्बल छन् र जुन देशमा रहेमा मातृभूमि नेपाललाई बिर्सन हुँदैन शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा मद्दत गर्नुपर्छ भन्ने सन्देश प्रवाह गर्न फिल्म निर्माण गरिएको निर्माता बिस्सु बताउनुहुन्छ ।May be an image of 3 people, including Bash Bissu and text that says 'ERREETMENT BASH NTERTAINMENT AAKESHA BASH SHILPA BISTA BISSU MASKEY lifeLA DIRECTED BY SURYA N. SHRESTHA PAGAL PREMI OFFICIAL SONG'

लामो समयदेखी लस एन्जलसमा रहेर बिभिन्न सामाजिक सेवामा सकृय रहेका बास अमेरिकी नेपाली समुदायमा चर्चित नाम हो । खेलकुद, ईभेन्ट्स, मनोरन्जन र सामाजिक सकृयता धनी अस एन्जलस निवासी बास बिस्सुले जीवनका परदेशी भोगाईलाई ‘लस एन्जलस जिन्दगी’ को एकमुष्ट कहानी ‘लाईफ इन एलए’ चलचित्रको निर्माण समग्र अमेरिकी नेपाली, त्यसमाथीपनि लस एन्जलसको गौरवको बिषय हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *