२०८१ वैशाख १६ गते | 28th of April 2024

राष्ट्रपती ट्रम्पको नयाँ अभिब्यक्ति : कागजविहिन आप्रवासीमा सकरात्मक आशा

खुल्लामन्च
 प्रकाशित: २०७३ फागुन १९ गते २०:०९

अमेरिका  । राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतिको पदभार लिएसंगै आप्रवासीहरुमा चासो र त्रासको वातावरण सृजना हुँदै आएको छ । सञ्चार माध्यम मार्फत ट्रम्पका पछिल्ला अभिव्यक्तीहरु सुन्दै र पढ्दै आएका नेपालीहरुले पनि राष्ट्रपति ट्रम्पको समर्थन र बिरोध दुबै गरिरहेका छन् । अमेरिकालाई कर्मक्षेत्र बनाएर बसेका नेपालीमा भोली के होला भन्ने अन्यौल छाईरहेकै बेला ट्रम्पले आप्रवासी सम्बन्धि नीतिमा आमूल परिवर्तनको संकेत दिएका छन् ।

मंगलबार सार्वजनिक भएको उनको अभिव्यक्तीले आप्रवासीमा सकारात्मक प्रभाव पार्ने देखिएको छ ।  ट्रम्पले कागजपत्र विहिनलाई कागजपत्रको कानुनी बाटोमा लैजान आफू सकारात्मक रहेको बताएपछि आप्रवासीमा नयाँ आसा पलाएको हो । यसअघि उनले कागजपत्र बिहिन तथा अबैधानिक रुपमा अमेरिका छिरेकाहरुलाई जुन बाटो हुँदै आएको त्यहि बाटोबाट फर्काउने र आवश्यक देखे कडा कारवाही गरिने बताएका समाचारले पनि कागजपत्र बिहिनहरुमा ठुलो त्रासको वातावरण सृजना भएको थियो साथै केहि दिन अघिमात्र एक अमेरिकी पूर्व सैनिकले ‘मेरो देश छोड्’ भन्दै भारतिय मुलका ईन्जिनियरको हत्या गरेपछि आफुहरुमाथी पनि हमला हुनसक्ने डर आप्रवासीमा थपिएकै हो तर मंगलवार ह्वाइटहाउसमा टेलिभिजनका प्रस्तोताहरुसँगको भेटमा ट्रम्पले दिएको सकारात्कम संकेतले आप्र्रवासीमा पुन आसा पलाएको छ ।

ट्रम्पको सम्भावित नीतिले अपराध नगरेका कागजपत्र विहिनहरुलाई अमेरिकी नागरिकताको बाटोमा नलगिएपनि अमेरिकामा नै बस्न पाउने गरी कानुनी हैसियत भने प्रदान गर्न सक्ने बताइएको छ ।
यस अघि इराक, इरान, सिरिया, यमन, सुडान, लिबिया र सोमालियाका नागरिकहरुनागरिकलाई अमेरिकामा यात्रा प्रतिबन्ध लगाउने डोनाल्ड ट्रम्पको कार्यकारी आदेश अदालतले रोक लगाएपछि बुधबार ट्रम्पले नयाँ आदेशमा हस्ताक्षर गरेका छन् । गतमहिना ट्रम्पले जारी गरेको कार्यकारी आदेशले भिसा प्राप्त गरिसकेका सात मुस्लिम बाहुल्य देशका नागरिकका भिसा खारेज गर्दै अमेरिका आउनमा प्रतिबन्ध लगाउने कुरा उल्लेख गरेको भएपनि नयाँ कार्यकारी आदेशमा यात्रा प्रतिबन्ध लगाउने पूरानै आदेशको पुनरावलोकन भएको बताइएको छ जसमा ट्रम्पले हस्ताक्षर गर्ने नयाँ आदेशमा पहिले नै भिसा लिइसकेका र ग्रिनकार्ड भएका मुस्मिल बाहुल्य सातदेशका नागरिकहरुलाई अमेरिकायात्रामा प्रतिबन्ध लगाइने छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *