२०८१ साउन १२ गते | 27th of July 2024

प्रधानमन्त्री देउवाले कामपाका मेयर उपमेयरलाई बोलाएर भने – जतिसक्दो छिटो फोहोर उठाउने प्रवन्ध गर्नू

खुल्लामन्च
 प्रकाशित: २०७८ भदौ १४ गते १४:२९

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंमा फोहोर थुप्रिएकाले जतिसक्दो छिटो आवस्यक व्यवस्थापन गरेर फोहोर उठाउने प्रवन्ध गर्न काठमाडौं महानगरपालिकाका मेयर र उपमेयरलाई आग्रह गरेका छन्। सोमबार विहान प्रधानमन्त्री निवास बालुबाटारमा काठमाडौंका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्कीलाई बोलाएर प्रधानमन्त्रीले फोहोर कसरी उठाउन सकिन्छ त्यो अनुसार प्रवन्ध गर्न भनेका हुन्।
‘संघीय सरकारको तर्फबाट पूर्ण सहयोग हुन्छ, तर फोहोर उठाउने व्यवस्था तत्काल गराउनुहोस्’, प्रधानमन्त्री देउवाले उनीहरुलाई भने।  अरु सरकारी निकायबाट पनि आवश्यक समन्वय हुने भन्दै प्रधानमन्त्री देउवाले कसरी हुन्छ काठमाडौंको फोहोर उठाउने व्यवस्था गर्न आग्रह गरे।

One thought on “प्रधानमन्त्री देउवाले कामपाका मेयर उपमेयरलाई बोलाएर भने – जतिसक्दो छिटो फोहोर उठाउने प्रवन्ध गर्नू

Leave a Reply

Your email address will not be published. Required fields are marked *