२०८१ साउन १२ गते | 27th of July 2024

शाक्य नेतृत्वको बागमती प्रदेश सरकार अल्पमतमा

खुल्लामन्च
 प्रकाशित: २०७८ भदौ १५ गते १४:१६

काठमाडौँ – नेकपा एमालेले बागमती प्रदेशको अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार अल्पमतमा परेसँगै संसदीय खेल सुरु भएको जनाएको छ । एमालेका १२ सांसदले एमाले नै विभाजन गरेर नेकपा(एकीकृत समाजवादी) दर्ता गरेका माधवकुमार नेपाल नेतृत्वको दलको तर्फमा सनाखत गरेसँगै शाक्य नेतृत्वको सरकार अल्पमतमा परेको हो ।

एमालेले पनि शाक्य नेतृत्वको सरकार अल्पमतमा परेको स्वीकारेको छ । ‘एमाले विभाजनपछिको असर देखियो । अब हामी कानुनी प्रक्रिया अनुसार अघि बढ्छौँ । बागमती प्रदेश सरकार स्वभाविक रुपमा अल्पमतमा परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *