२०८२ फागुन ३० गते | 14th of March 2026

दार्चुलाका जयसिंह धामी महाकाली नदीमा बेपत्ता घटनामा छानबिन समितिले प्रतिवेदन बुझायो

खुल्लामन्च
 प्रकाशित: २०७८ भदौ १५ गते १४:२१

काठमाडौं- भारतीय सीमा सुरक्षा बल (एसएसबी)का जवानले तुइनको लठ्ठा चुँडाल्दा नेपाली नागरिक दार्चुलाका जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको घटनाका सन्दर्भमा छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ।

मंगलबार साँझ समितिका संयोजक सहसचिव जनार्दन गौतमले गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएका हुन्। १५ साउनमा तुइनबाट नदी तर्ने क्रममा व्यास गाउँपालिका-२ का ३३ वर्षीय धामी बेपत्ता भएका थिए। प्रत्यक्षदर्शीले भारतीय सुरक्षा बल (एसएसबी)ले तुइनको लठ्ठा चुँडाल्दा धामी महाकालीमा खसेर बेपत्ता भएका बताएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *