२०८१ वैशाख १८ गते | 30th of April 2024

चीनसँगको सीमा विवाद अध्ययन गर्न समिति गठन

खुल्लामन्च
 प्रकाशित: २०७८ भदौ १६ गते १४:५२

काठमाडौं – सरकारले चीनसँगको सीमा विवाद अध्ययन गर्न समिति गठन गर्ने निर्णय गरेको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिष्द् बैठकले चीनसँगको सीमा विवाद अध्ययन गर्न समिति बनाउने निर्णय गरेको हो । बैठकले हुम्लाको नाम्खा गाउँपालिकाको लिमी लाप्चादेखि हिल्लासम्मको सीमा क्षेत्रसम्म उठेको समस्या अध्ययन गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा नापी विभाग, नेपाल प्रहरी, सशस्त्र प्रहरी र सीमा विज्ञसहितको समिति गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार समितले अध्ययन गरी नेपाल सरकारलाई प्रतिवेदन पेश गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *