२०८१ साउन १२ गते | 27th of July 2024

कक्षा १२ को परीक्षा आगामी भदौ ३० गतेदेखि सञ्चालन गर्ने निर्णय

खुल्लामन्च
 प्रकाशित: २०७८ भदौ १६ गते १४:५८

काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आगामी भदौ ३० गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ । यसअघि ३१ साउनमा हुने भनिएको परीक्षा कोभिड–१९ महामारीका कारण सरकारले नै स्थगित गरेकाे थियो । ३० भदौदेखि सम्बन्धित विद्यालयमै केन्द्र कायम हुनेगरी परीक्षा सञ्चालन गर्न लागिएको हो ।

‘स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड र सामाजिक दुरीको पालना गरी परीक्षा सञ्चालन गर्न बोर्डले सबै विद्यालयहरूलाई सूचित गरेको छ,’ बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले इकागसँग भने । परीक्षा ८ असोजसम्म सञ्चालन हुनेछ ।

2 thoughts on “कक्षा १२ को परीक्षा आगामी भदौ ३० गतेदेखि सञ्चालन गर्ने निर्णय

Leave a Reply

Your email address will not be published. Required fields are marked *