२०८१ भदौ २४ गते | 9th of September 2024

काठमाडौंमा निषेधाज्ञा थप गर्दै रात्रीकालीन व्यवसाय सञ्‍चालन गर्न दिने निर्णय

खुल्लामन्च
 प्रकाशित: २०७८ भदौ १६ गते १५:०६

काठमाडौँ- कोभिड संक्रमणको जोखिम बढेको भन्दै बन्द रहेका काठमाडौँ उपत्यकाका रात्रीकालीन व्यवसाय अब भने पुन: खुल्ने भएका छन् । काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्लाहरूको संयुक्त बैठकले निषेधाज्ञा थप गर्दै रात्रीकालीन व्यवसाय सञ्‍चालन गर्न दिने निर्णय गरेको हो ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार अहिले जारी निषेधाज्ञा केही खुकुलो गर्दै भदौ ३१ गतेसम्म लम्ब्याइएको छ ।   ‘सर्वसाधारण, समूह तथा संस्थालगायतका निकायबाट आर्थिक, सामाजिक तथा व्यवासायिक गतिविधि सञ्‍चालन गर्दा अनिवार्य स्वास्थ्यको मापदण्ड गर्नुपर्छ,’ उनले भने,’ जनस्वास्थ्यको मापदण्ड पालना गरिएको नगरिएको त्यस विषयको अनुगमन गरिन्छ ।’विद्यालयमा पठनपाठन गर्न नपाउने र गर्नुपर्ने भएमा नेपाल सरकारको स्मार्ट लकडाउनको मापदण्डअनुसार जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी पठनपाठन गर्नुपर्ने व्यवस्था गरिएको छ ।

10 thoughts on “काठमाडौंमा निषेधाज्ञा थप गर्दै रात्रीकालीन व्यवसाय सञ्‍चालन गर्न दिने निर्णय

Leave a Reply

Your email address will not be published. Required fields are marked *