२०८१ वैशाख २० गते | 2nd of May 2024

मन्त्रीमण्डल बिस्तार अझै केही दिन लाग्ने

खुल्लामन्च
 प्रकाशित: २०७८ भदौ १७ गते ११:४८

काठमाडौं –  प्रधानमन्त्री शेरबाहादुर देउवा नेतृत्वको सरकारको मन्त्रीमण्डल बिस्तार अझै केही दिन लाग्ने भएको छ । मन्त्रीमण्डल बिस्तारमा आलोचना खेपीरहेका देउवालाई मन्त्रीमण्डललाई पुर्णता दिन सहयोगी नयाँ दल नेकपा (एकीकृत समाजवादी)  ले नाम दिन केही दिन लगाउने भएकाले थप ढिलाई हुने भएको हो ।  आज सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सञ्चारकमीसँग नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले यही भदौ २२/२३ गतेअघि मन्त्रिपरिषद् विस्तार हुने सम्भावना नरहेको बताएका छन् ।

उनले भदौ २२/२३ अघि मन्त्रिपरिषद् विस्तारका विषयमा कोही नबोल्ने बताए ।“मन्त्रिपरिषद् विस्तारका विषयमा २२/२३ गतेसम्म त कसैले पनि चुइँक्क बोल्दैन । त्यस बारेमा अहिले केही चर्चा हुँदै छ । हामी त्यसका लागि पनि उपयुक्त समयमा छलफल गर्नेछौँ ।” त्यस्तै, अध्यक्ष नेपालले आफ्नो पार्टीले नेकपा (माओवादी केन्द्र)सँग एकता नगर्ने पनि दोहोर्‍याए । उनले क्रान्तिकारी विचारको आधारमा निर्माण भएको आफ्नो पार्टी माओवादी केन्द्रसँग विलीन हुने भ्रम नछर्न आग्रह गरे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *