२०८२ चैत ३ गते | 17th of March 2026

रामचन्द्र पौडेल समूहले कांग्रेस सभापतिको एउटै उम्मेदवार घोषणा गर्न सकेन

खुल्लामन्च
 प्रकाशित: २०७८ भदौ १७ गते ११:५५

काठमाडौं– नेपाली कांग्रेसको संस्थापनइतर समूहले बिहीबार पनि सभापतिको उम्मेदवार घोषणा गर्न सकेन। पार्टी केन्द्रीय कार्यालय सानेपामा रामचन्द्र पौडेल समूहले पत्रकार सम्मेलनमार्फत सभापतिको उम्मेदवार घोषणा गर्ने बताइएको थियो । तर, पत्रकार सम्मेलनमा एउटै उम्मेदवार बनाउने मात्र जानकारी दिइयो।

‘पार्टी बचाउन हामी एक भएर अगाडि बढ्छौं। हाम्रो एकता महाधिवेशनसम्मै अटुट रहन्छ,’ वरिष्ठ नेता पौडेलले पत्रकार सम्मेलनमा भने। चार वर्षमा १४औं महाधिवेशन गरिसक्नुपर्ने भए पनि अहिलेको नेतृत्वमा उत्साह नदेखिएको उनले बताए। उनले आफूहरूले सबै पक्षलाई मिलाएर अघि बढ्ने पनि बताए।  नेता पौडेलले सामूहिकतामा विश्वास गर्ने भएकाले आफूहरू सबै एकै ठाउँमा आएको बताए।‘‘पार्टी र लोकतन्त्र बचाउन हामी एकताबद्ध भएका हौं,’ उनले भने। पत्रकार सम्मेलनमा महामन्त्री डा. शशांक कोइराला, प्रकाशमान सिंह, डा।शेखर कोइराला, सुजाता कोइराला, अर्जुननरसिंह केसीलगायतका नेता उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *