२०८१ वैशाख २० गते | 2nd of May 2024

केपी शर्मा ओलीमा व्यक्तिवादी र स्वेच्छाचारी प्रवृत्ति बढ्दै गएको भन्दै बामदेव गौतमले छोडे एमाले

खुल्लामन्च
 प्रकाशित: २०७८ भदौ १८ गते १४:०७

काठमाडौं –  नेता बामदेव गाैतमले पार्टी अध्यक्ष केपी शर्मा ओलीकाे गलत विचार, प्रवृति र शैलीका कारण आफूले एमालेबाट राजीनामा दिएको बताएका छन् । शुक्रबार नेता गाैतमले दिएको राजीनामा पत्रमा ओलीको व्यक्तिवादी र स्वेच्छाचारी प्रवृत्ति बढ्दै गएपछि राजीनामा दिएको उल्लेख छ । “तपाईं सुध्रिनुभन्दा अझ बढी व्यक्तिवादी र स्वेच्छाचारी बन्दै जानुभयो । आफ्ना समकक्षी कमरेडहरूलाई समेत तपाईंले अवलम्बन गर्नुभएका गलत नीति र विचार अनुसार नचल्दा एकपछि अर्को गरी अपमान गर्ने, कारबाही गर्ने र पार्टीबाट निष्कासनसम्म गर्ने जस्ता स्वेच्छाचारी तथा निरंकुश प्रवृति र शैली अगाल्नुभयो । त्यतिमात्र होइन तपाईंले सम्माननीय राष्ट्रपतिज्यूलाई समेत आफ्ना स्वेच्छाचारी तथा सर्वसत्तावादी नीति र निर्णयहरू कार्यान्वयन गर्न दुरुपयोग गर्नुभयो,” गौतमले राजीनामा पत्रमा भनेका छन् ।

उनले अगाडि भनेका छन्, “म आफै संलग्न भएर निर्माण भएको नेकपा एमालेमा तपाईंकै गलत विचार, प्रवृति र शैलीका कारण यस पार्टीमा रहिरहन असमर्थ भएकोले आजको मितिमा पार्टीको उपाध्यक्षको पद र पार्टीका सवै जिम्मेवारीबाट राजीनामा दिएको छु ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *