२०८१ साउन १२ गते | 27th of July 2024

कांग्रेसको १४ औँ महाधिवेशनका लागि पहिलो दिन ४१ जिल्लामा वडा अधिवेशन सम्पन्न

खुल्लामन्च
 प्रकाशित: २०७८ भदौ १८ गते १४:१६

काठमाडौं – नेपाली कांग्रेसको १४ औँ महाधिवेशनका लागि पहिलो दिन ४१ जिल्लामा वडा अधिवेशन भएको छ । नेपाली काग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार महाधिवेशन भएका ४१ जिल्लाका कति वडामा सर्वसम्मत भयो र कति वडामा चुनावी प्रक्रियाबाट प्रतिनिधि चुनीय भन्ने विवरण भने भोलिमात्र आउने  जनाईएको  छ ।

“ शुक्रबार ४१ जिल्लामा अधिवेशन प्रारम्भ भएको छ । झापा र मुस्ताङले १९ गते अधिवेशन गराउन अनुमति लिएका छन्,” केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले भने, “बाँकी जिल्लाले आगामी २३ गतेभित्र अधिवेशन सक्नेछन् ।” उनकाअनुसार झापा र मुस्ताङ जिल्ला निर्वाचन अधिकृतले भने शनिबार अधिधवेशनको प्रक्रिया थाल्न अनुमति लिएका छन् । विवादित २१ जिल्लाको के हुन्छ भन्ने विषयमा भने निर्वाचन समिति नै अन्योलमा छ । “उहाँहरूले आजभोलिमै क्रियाशील सदस्यको नामावली दिनुभयो भने २५, २६ गतेभित्र अधिवेशन हुन्छ, दिन सक्नुभएन भने पछि हुन्छ,” यादवले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *