२०८१ साउन १२ गते | 27th of July 2024

संघीय संसद्को बैठक २३ भदौमा बोलाउन सरकारको सिफारीस

खुल्लामन्च
 प्रकाशित: २०७८ भदौ १९ गते ११:२०

काठमाडौँ – सरकारले संघीय संसद्को बैठक २३ भदौमा बोलाएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले भदौ २३ गते अपरान्ह चार बजे बोलाउन सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । संघीय संसद्‍मा प्रतिनिधि सभा र राष्ट्रिय सभा छन् ।

बजेट अध्यादेश पारित नगर्दै अधिवेशन अन्त्य गरेको भन्दै सरकारको आलोचना भएको थियो । बजेट अध्यादेश असोज दुई गतेसम्म पारित नभए स्वतः निस्कृय हुन्छ ।  संघीय संसद्को अधिवेशनबारे बिहान प्रधानमन्त्रीसहित सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूले सभामुख अग्निप्रसाद सापकोटासँग छलफल गरेका थिए । प्रधानमन्त्री तथा प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सभामुख सापकोटालाई बालुवाटार बोलाएर अधिवेशनका विषयमा छलफल गरेका थिए ।

स्रोतका अनुसार शीर्ष नेताहरूबीच बैठकमा अमेरिकी सहयोग नियोक (एमसीसी) पेस गर्ने कि नगर्ने भन्ने विषयमा पनि छलफल भएको थियो । शीर्ष नेताहरूको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहाद पौने घण्टा चलेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *